एजेन्सी । सर्वसाधारणको उद्धारका लागि रुसले प्रस्ताव गरेको करिडोरलाई युक्रेनले अस्वीकार गरेको छ । रुसले राजधानी किएभ सहित चार वटा सहरमा अस्थायी यु द्ध वि राम घोषणा गर्दै सर्वसाधारणको उ द्धा रको लागि ६ वटा करिडोर प्रस्ताव गरेको छ ।
तर प्रस्ताव गरिएका करिडोरमध्ये चार वटा करिडोर रुस वा बेलारुस जान मात्र प्रयोग गर्न सकिने भन्दै युक्रेनले अस्वीकार गरेको हो । यु द्धमा बेलारुसले रुसलाई सहयोग गरिरहेको छ । युक्रेनका उपप्रधानमन्त्री इर्यीना भेरेश्चुकले आफ्ना नागरिकलाई जानाजान बेलारुस वा रुस पठाउन नसक्ने बताएको बीबीसीले जनाएको छ ।
आ क्र म ण गरिरहेकै देशमा शरणार्थी पठाउने प्रस्ताव अनैतिक रहेको युक्रेनले बताएको छ । युक्रेनले सर्वसाधारणलाई रुसबाट टाढा पश्चिमी युक्रेनतिर जान बाटो खोलिदिनुपर्ने माग गरेको छ । यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलिदमिर जेलेन्स्कीसँग सोझै कुरा गर्न रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गरेका छन् ।
दुई नेताबीच भएको टेलिफोन वार्तामा मोदीले युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग सिधै वार्ता गरेर समस्याको निकास खोज्न अनुरोध गरेको रोयटर्सले जनाएको छ । रुसले युक्रेनमा जमिन, आकाश र समुद्र सबै मार्गबाट आ क्र म ण सुरु गरेको छ । रुसी फौजले राजधानी किएभमा ठूलो आ क्र म णको चेतावनी दिएको समाचार संस्था एएफपीले जनाएको छ ।






