काठमाण्डौ । नेपालमा सबैभन्दा बढी विवादित क्षेत्र नै फिल्म क्षेत्र हो । एउटा वि’वादले डाँडा नकाट्दै अर्को वि’वाद आँगनमै आइपुगेको हुन्छ । कोरोना महामारीयता सिनेमा हलमा त्यति फिल्म चलेनन् होला, जति फिल्म क्षेत्रमा विवाद रिलिज भए । दुई वर्षयताका एकसेएक विवादले फिल्म क्षेत्रलाई बुझ्ने र हेर्ने दृष्टिकोणमा पूरै परिवर्तन आएको छ । यसले फाइदाभन्दा घाटा दिनेमा दुई मत छैन ।
यतिबेला फिल्म क्षेत्र अर्को प्रकरणले रुमलिएको छ । तर, यसपटकको घटना सं’वेदन’शी’ल छ । एक नाबालिग गायिकाले अभिनेता पल शाहमाथि लगाएको आरोपमा उजुरी दिएपछि पल प्रहरी हिरासतमा छन् । तनहुँ जिल्ला अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि अहिले प्रहरीले घटनाको गहिराइमा गएर अनुसन्धान गरिरहेको छ ।
कुनै घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ भने त्यसलाई प्रभावित पार्ने खालका क्रियाकलाप गर्नु कानुन विपरित मानिन्छ । पल शाहको प्रकरणको प्रकृति त झन् फरक छ । यो घटनामा प्रहरीलाई स्वतन्त्र एवं निष्पक्ष रुपमा अनुसन्धान गर्नका लागि सघाउनु हरेकको दायित्व हो । तर, यहाँ त चर्चाको भोकमा प्रहरीको अनुसन्धानलाई नै प्रभावित पार्ने खालका गतिविधि भइरहेका छन् ।
यसै क्रममा कलाकार दिपकराज गिरीले पनि आफ्ना धारणा सार्वजनिक गरेक छन् उनले सामाजिक संजालमा लेखेका छन्
आज म लेख्दैछू
“छक्का पन्जा र पिडित गायिका”
काठमाण्डौ । पछिल्लो घटना क्रम ले समाज नै तरंगित बनेको छ । केश अदालतमा पुगि सकेको ले मैले यस्को बारेमा बोल्नु हुदैन । म यॉहा केबल पिडित गायिका जस्ले छक्का पन्जाबाट यो रंगिन दुनियॉमा कदम राखिन त्यो बारेमा केहि शेयर गर्न चाहन्छू । जब हामि छक्का पन्जा ३ को सुटिगं गर्न ला चौक पोखरामा पुग्यौ, हामीलाई स्कूले बिद्यार्थीको अभिनय गर्ने कलाकार चाहियो । त्यो बेला त्याँहा हेड मास्टर ले सहयोग गर्नु भो । ८, १० जना बिद्यार्थीहरू छनौट भए त्यस मध्य एक थिइन् यिनै गायिका‘ गोरी, राम्री, लजालू स्वभाब भएकि,,,,, दिएको संबाद राम्रो संग बोल्ने गर्थिन, बेला बेलामा उनले गुनगुनाएको कर्णप्रिय स्वर ले हामि सबैलाइ तान्थ्यो ।
छायॉकार मित्र पुरुषोत्तम प्रधानले मोबाइल मा रेकर्ड गरेर त्यो आबाज लिएर आए, त्यहि रेकर्ड गरिएको आवाज नै गायिका लाइ देशको राजधानी काठमाण्डू मा स्थापित हुने मार्ग बन्न पुग्यो । सुटिगंका क्रममा मैले उन्को धेरै पल्ट तारिफ गर्दा हेड माष्टर तथा अन्य सरहरू पनि, यो नानी सारै मीठो गाउँछे, हामीलाई यिनि प्रति धेरै बिश्वास छ ।
एकदिन राम्रो गायीका बन्ने छिन् र समग्र गॉउको र स्कूलको नाम चम्काउने छिन भनेर तारिफ गर्नु हुन्थ्यो । भयो पनि त्यस्तै, छोटो समयमा नै उनिले लोभ लाग्दो प्रगती गरिन् पनि । त्यसपछि उनिसंग मेरो भेंट कहिल्यै भएन । टेलिभिजन र टिकटकहरू देख्थेँ खुशि लाग्थ्यो । बरू बेला बेला हेडमास्टरले फोन गरेर “हाम्रो चेलि ले सॉच्चै राम्रो काम गरेकी छे दिपकजी ।
तपाईँहरू सुटिगंमा आएको त उस्कोलागि भाग्यको ढोका खोल्न रहेछ । यति सुनिरहदॉ म पनि घमन्डले धेरै पल्ट गचक्क परेको छू । तर त्यो मेरो घमन्ड धेरै दिन टिकेन । आजको दिन देख्नु पर्यो । सामाजिक संजालमा उनि माथि बर्सिएको गालि सुन्नु पर्यो । अब म दुबिधामा परें । के गरौं ? कक्षा छ मा पढिरहेकि एक बालिकालाई माइकमा गीत गाउन, कस्ले सिकायो ? हामिले ।
मिडिया सामू बोल्न, कार्यक्रममा कति पारिश्रमिक माग्ने ? कोसंग कसरी प्रस्तुत हुने, यो सबै कस्ले सिकायो ? मेरै क्षेत्रले सिकाएको हो । हामिले नै सिकाएको हो । यस्मा प्रसस्तै गौरब छ । एउटा सामान्य बालिकालाई प्रोफ़ेसनल कलाकार जस्तै बनाएर रातारात चर्चित बनाउने हामी सबैलाई एकमुष्ट बधाइ र धन्यबाद छ । तर मिडिया मा आए झै बोय फ्रेण्ड हरू राख्ने, सम्बन्ध बनाउने, षड्यंत्र नै गर्ने ,नावालिक भएर पनि यस्तो गर्ने, त्य्सतो गर्ने, यो चाहि उन्ले गाउँबाटै सिकेर आएकि थिइन कि कसो ? यस्को जिम्मा चाहि हामिले लिने कि नलिने ?
यो बालिकालाई हामीले यहाँ पुर्यायौं भनेर गर्व चाहि गर्ने , तर उक्त बालिकाले सिकेको नराम्रो बानिको ठेक्का चाहीँ लिने कि नलिने ? आज आरोप लागेको उन्को बोय फ्रेण्डहरू भनेको स्कूल पढ्दा देखिका हुन् कि यहि क्षेत्रमाआएपछि बनेका हुन् ? छोरोले फष्ट आउँदा मेरो छोरो, छोरोले अरूका छोरा भकुरेर आउदॉ चाहि “ ए तेरो छोरो ले हेर के गर्यौ ?
उनि आज जे बनिन् त्यसमा हाम्रो सहयोग थियो भने, उन्ले आज जे भोगि रहेही छिन् त्यसमा पनि हाम्रो क्षेत्र, हाम्रै संगत, हाम्रै बाताबरणको दोष छ कि छैन ? मलाइ यहाँ यो दोषी र यो निर्दोषि भनेर फैसला गर्नु छैन । त्यो काम मेरो हूँदै होइन । मेरो चाहना समिक्षालाई सराप्न बन्द गरौं भन्ने मात्रै हो ।
म समिक्षाको प्रगती मा गर्व गर्छू भनें, उनले भोगिरहेको आजको नियतीमा आफूलार्इ पनि दोषि देखिरहेको छू । यति भनिरहदॉ मैले पनि गालि खानु पर्नेछ अब गालि त बानि जस्तै भैसक्यो ।
जय नेपाल






