एजेन्सी । युक्रेनको इनरहोडार सहरमा रहेको युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आ’ग’ला’गी भएको खबर प्राप्त भएको बीबीसीले जनाएको छ ।
इनरहोडार सहरका मेयर दिमित्रा ओर्लोभले रुसी सेनाको लगातारको बम आक्रमणबाट प्लान्टको भवन र युनिटमा आ’ग’ला’गी भएको अनुमान गरिएको बताएका छन् ।
इनरहोडारका मेयर ओर्लोभले यसअघि सहरको बाहिर रुसी र युक्रेनी सेनाबीच ठूलो ल’डा’इँ भएको जानकारी दिएका थिए । रुसी सेनाले ट्याङ्क र बख्तरबन्दसहित सहरमा पस्ने र आ’ण’वि’क प्लान्ट नियन्त्रणमा लिने कोसिस गरेका थिए । तर गएको बुधबार स्थानीय नागरिकहरू र प्लान्टका कर्मचारीहरूले प्लान्टसम्म पुग्ने बाटो बन्द गरेका थिए ।
युक्रेनमा यो समय चार वटा आ’ण’वि’क प्लान्ट चलिरहेका र त्यसमा इनरहोडारमा रहेको जापोरिज्या प्लान्ट पनि रहेको बीबीसीमा उल्लेख छ । यस प्लान्टमा परमाणु स्थल चर्नोबिलको परमाणु फोहर पनि ल्याउने गरिन्छ । चर्नोबिल अहिले रुसको कब्जामा छ ।
युक्रेनको जापोरिज्या क्षेत्रीय प्रशासनका प्रमुखले जापोरिज्या परमाणु ऊर्जा केन्द्रको सुरक्षा ‘सुनिश्चित’ गरिएको बताएका छन् । आफूले ऊर्जा केन्द्रका निर्देशकसँग कुरा गरेको भन्दै एलेक्सान्डर स्त्रारुखले सुरक्षा सुनिश्चित गरिएको कुरामा आफूलाई आश्वस्त पारिएको सामाजिक सञ्जालमा लेखेका छन् ।
यसैबीच द इन्टरनेशनल एटमिक इनर्जी एजेन्सी (आईएईए) ले आफूहरू युक्रेनका अधिकारीहरूको सम्पर्कमा रहेको बताएको छ । प्लान्टका एक प्रवक्ताले रुसी सेनालाई गोलीबारी बन्द गर्न सामाजिक सञ्जालमार्फत आग्रह गरेका बीबीसीले जनाएको छ ।






