एजेन्सी । पोर्चुगलको अजोर्ज द्वीपसमूहभन्दा पर आन्ध्र महासागरमा हजारौँ विलासी कार बोकेको एउटा पानीजहाज डुबेको छ। झन्डै दुई साताअघि उक्त कार्गो जहाजमा आ’गला’गी भएको थियो । फेलिसिटी एस नामक उक्त जहाजले पोर्श र बेन्ट्लीसहित झन्डै ४,००० वटा कार बोकेको थियो ।
जर्मनीको बन्दरगाह एम्डेनबाट उक्त जहाज संयुक्त राज्य अमेरिकाको रोड आइल्यान्डका लागि हिँडेपछि त्यसमा आ’गो ला’गेको थियो। फेब्रुअरी १६ मा आ’गला’गी भएपछि जहाजको चालकदलका सबै सदस्य र कर्मचारीलाई उद्धार गरिएको थियो ।
३,५०० मिटर तल
सबैभन्दा नजिकै रहेको फाइअल टापुको बन्दरगाहका प्रमुख जोआओ मेन्जिस काबेससले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार समुद्रमा तेल चुहिएको थाहा भएको छैन । यद्यपि उनले जहाजको इन्धन ट्याङ्कीमा क्षति पुगेको आशङ्का भएको बताए । पानीमा डुबेको जहाज आन्ध्र महासागरभित्र झन्डै ३,५०० मिटर गहिराइमा पुगेको बताइएको छ ।
पोर्चुगलको जलसेनाले जहाजमा आ’गला’गी हुँदा कोही पनि घाइते नभएको र सबै २२ कर्मचारीलाई उद्धार गरेर एउटा होटलमा लगिएको बताएको छ । जलसेना, सो क्षेत्रमा हिँडिरहेका चारवटा अन्य पानीजहाज र पोर्चुगलको वायुसेना उद्धारकार्यमा सहभागी भएका थिए । कारनिर्माता कम्पनी फोक्सभागनका अनुसार उसले पठाएका कारको बीमा गरिएको थियो ।
रोएटर्सका अनुसार त्यसको कुल मूल्य १५.५ करोड डलरजति छ । डु’बेको जहाजमा आफ्ना १८९ वटा कार भएको बेन्ट्लीले जनाएको छ भने पोर्शका अनुसार त्यसमा उसका १,१०० वटा कार थिए । एक ग्राहकले आफ्नो पोर्श कार पनि उक्त जहाजमा भएको बताएका छन्। अर्का एक व्यक्तिले आफूले फेरि अर्को कार अर्डर गरेको भन्दै ट्वीट गरेका छन् । बीबीसी






