काठमाण्डौ । पुजा राई । जोर्डनबाट भर्खरै नेपाल आईपुगीन् । उनी यही डिसेम्बरको २२ मा क्राउन इम्प्लोईमेन्टको माध्यमबाट जोर्डन गएकी थिईन् । जनु सपना बोकेर उनी त्याहाँ गएकी थिईन् त्यो सपना पुरा गर्न पाउनु त धेरै नै परको कुरा उनले त्याहाँ जे भोगिन् त्यो परिकल्पना भन्दा परको कुरा थियो । हुन त अर्काको देश हामीले सोंचेको जस्तो त काहाँ हुन्छ र ? पुजाकोलागी त्यस्तै भई दियो । नेपालबाट गई सकेपछि पुजा र उनका साथीहरुलाई पुरै एक हप्तासम्म एउटा अफिसमा राखियो ।
काम गर्न गएकाहरुलाई एक हप्तासम्म काम नै गर्न नदिएर पुरै एक हप्तासम्म केवल एउटा अफिसमा राख्दा उनीहरुको मनमा चिसो पस्नु स्वभाविक नै थियो । जेनतेन पुजालाई कामकोलागी घरको व्यवस्था गरिएको रहेछ । तर उनीले इमान्दारीका साथ काम गरिरहंदा अचानाक उनलाई बिना कारण नै फेरी नेपालबाट जोर्डन पुर्याउने कम्पनीमा लगेर राखियो । त्यसपछि शुरु भयो पुजाको एक एक हप्तामा घर सार्ने काम । त्यसरी घर सार्दा पुजालाई सास्ती त भयो नै साथै उनलाई सारिएको घरको कोठा कुनै पशु बस्ने भन्दा कमको नभएको उनी बताउँछिन् ।
नेपाल आई सकेपछि पनि पुजाले आफ्ना कुरा राखिन् त्यतिबेला पुरै अन्तरवार्तामा रुँदै आफुले भोगेका दुःख र पिडाका कुराहरु सुनाई रहीन् । उनले जब आफुले काम गर्न नसक्ने बताएपछि उनलाई झनै असहज वातावरण बनाईएको रहेछ । पैसा तिर्छु बरु तर नेपाल आउँछु भन्दा पनि आउने वातावरण बनाएन उनलाई पठाएको मेनपावरले । आफ्नै देशमा फर्कन्छुभन्दा पनि पुजाले सजिलै फर्कन पाईनन् । उनलाई भिजिट भिसामा गएको भनेर मेनपावरका मानिसहरुले बताएपछि अब सायद नेपाल कहिल्यै फर्कन पाउँदिन होला भन्ने पुजालाई लागेको रहेछ । बाँकी उनैको आवाजमा……….भिडियोसहित
https://www.youtube.com/watch?v=NRrzE14Got4&feature=share&fbclid=IwAR1Mdo3cJsnEZx3gexbKX85HJrrMkPpYZkyR7l_iWHPjtUj3eFo5ADqUC-Y






