एजेन्सी । रुसले युक्रेनमा आ’क्र’म’णलाई आज पनि निरन्तरता दिएको छ । रुसको आ’क्र’म’ण पछि त्र’सि’त भएका युक्रेनका नागरिकले राजधानी किभ छो’ड्ने क्रम चलिरहेको छ । पछिल्लो ४८ घण्टामा युक्रेनबाट एक लाख २० हजार जनाभन्दा धेरै बाहिरिएका संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।
रुसी सेना राजधानी किएभमा नै प्रवेश गरेकाले त्यहाँ रहेकाहरु छिमेकी देशमा श’र’ण लिन पुग्न थालेका छन् । यसबीचमा जर्मनी र फ्रान्सले युक्रेनलाई थप ह’ति’या’र दिने घो’ष’णा गरेका छन् भने नेदरल्यान्डले सेना नै पठाउने तयारी गरेको बीबीसीले जनाएको छ ।
किएभको अवस्था थप ख’त’रनाकतर्फ अघि बढिरहेको खबरमा उल्लेख छ । त्यहाँ मिसाइल आ’क्र’म’ण हुन सक्ने आ’श’ङ्का गरिएको छ । किएभका मेयरले त्यहाँ रहेका नागरिकलाई भोलि बिहानसम्म घरभित्रै बस्न आदेश दिएका छन् । रुसी सेना प्रवेश गरेकाले भोलि बिहानसम्मका लागि किएभमा कर्फ्यु लगाइएको छ ।
युक्रेनी सेनाले रुसी सेनाविरुद्ध ल’डा’इँ ल’डि’रहेको छ । यस्तै, रुस विरुद्ध ल’ड्न युक्रेनले आफ्ना पुरुष नागरिकलाई ह’ति’या’र बाँ’डे’को छ । रुसको आ’क्र’म’णबाट अहिलेसम्म १९८ जना युक्रेनीको ज्या’न गएको त्यहाँका स्वास्थ्य मन्त्रीले पुष्टि गरेका छन् ।






