एजेन्सी । युक्रेनको राजधानी किएभमा ठूलो वि स्फो ट न भएको दृश्य क्यामरामा खिचिएको छ । बीबीसीले उक्त विस्फोटन पोज्न्याकी क्षेत्रमा भएको पुष्टि गरेको छ । युक्रेनका अनुसार स्थानीय समयानुसार बिहान ४ बजे त्यहाँ रुसी सेना आक्रमण सुरु भएको थियो ।
बिहीबार रुसले युक्रेनमा विभिन्न दिशाबाट धावा बोलेपछि रुसी सेना बिस्तारै राजधानी किएभतिर अघि बढिरहेको थियो । दोस्रो दिन पनि रुसी कारबाही जारी छ । युक्रेनले रुसी सेना राजधानी किएभ पुगिसकेको पुष्टि गरेको छ । आ क्र मणको ड रले हजारौँ राजधानीबासीहरू किएभबाट अन्यत्र गएका छन् वा जान खोजिरहेका छन् ।
योपनि
युक्रेनरुस तनावः किएभका लागि लडाइँ जारी, पुटिनविरुद्ध अमेरिकी प्रतिबन्ध
एजेन्सी रुसले आ क्र म ण गरेको तेस्रो दिन युक्रेनको राजधानी किएभमा वि स्फो ट न भएका विवरणहरू आइरहेका छन् भने युक्रेनका विभिन्न ठाउँमा भी ष ण सङ्घर्ष भइरहेको छ । राजधानीमा मैदान स्क्वाएरनजिकै एउटा श क्ति शा ली वि स्फो ट नको आवाज सुनिएको छ भने ट्रोइयस्चना क्षेत्रमा एउटाभन्दा बढी विस्फोटन भएका विवरण आएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार किएभमा गरिएका बमबारीको आवाज सहरको मध्यभागबाट कोसो टाढासम्म सुन्न सकिन्छ । किएभ इन्डिपेन्डन्टका अनुसार सहरको चिडियाखाना र सुलियाभ्कानजिकै अवस्थित एउटा क्षेत्रबाट ५० वटाभन्दा बढी वि स्फो ट नहरू सुनिएको छ र मशीनगनबाट गो ली प्र हा र भइरहेको सुनिन्छ ।
फक्स न्यूजका एक संवाददाताका अनुसार राजधानीमा अहिले एकभन्दा बढी दिशाबाट आ क्र म ण भइरहेको छ । ट्रोइयस्चना जिल्लाको सीएचपी सिक्स ऊर्जा केन्द्रनजिकै ल डा इँ भइरहेको युक्रेनी सेनाले जनाएको छ । सहरमा विद्युत् आपूर्ति बन्द गरिदिने उद्देश्यले उक्त आ क्र म ण गरिएको हुनसक्ने ठानिएको छ ।
पिरिमोही एभिन्यूमा क्ष ति ग्र स्त गाडीसँग आ गो बलिरहेका दृश्यहरू देखिएका छन् । युक्रेनका राष्ट्रपतिले आफू किएभमा नै रहेको बताएका छन् । भ्यासीलकिभ नजिकै रहेको एउटा हवाई अ ड्डामा पनि भी ष ण सङ्घर्ष भएको विवरण आएको छ । पाराट्रूपरहरूले उक्त क्षेत्रलाई किएभमा आ क्र म ण गर्न योजना बनाउने स्थलका रूपमा प्रयोग गर्न खोजिरहेको ठानिएको छ ।
युक्रेनी सैनिकहरूले रुसीहरूलाई ब्ल्याक सीमा अवस्थित मिकोलिएभ सहरबाट पछाडि ध के लि दिएको दा बी गरेका छन् । युक्रेनी सेनाले आफ्नो फेसबुक पेजमा शनिबार (आज)किएभस्थित सैनिक अ ड्डाले रुसी फौजको आ क्र म णको आफूले प्र ति रो ध गरेको जनाएको छ । बीबीसीले पुष्टि गर्न नसकेको उक्त हमला पिरिमोही एभिन्यूमा भएको ठानिएको छ ।
अमेरिकी अर्थमन्त्रालयद्वारा पुटिनमाथि प्रतिबन्ध
अमेरिकी अर्थमन्त्रालयले औपचारिक रूपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेइ लाभ्रोफवि रुद्ध प्रतिबन्ध लगाएको छ । उसले लाभ्रोफलाई पुटिनका प्रमुख प्रचारक भनेको छ । विदेशी सरकार प्रमुखलाई अमेरिकाले प्रतिबन्ध लगाउनु दुर्लभ घटना हो र यो युरोपेली सङ्घ, यूके र क्यानडाले गरेका निर्णयपछि आएको छ ।
किएभको आकाशमा देखियो यस्तो दृश्य






