काठमाण्डौ । नेपालको आईसीसी टी–२० विश्व कप क्रिकेट खेल्ने सपना अपूरै रहेको छ । आज मङ्गलवार भएको आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटको सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग ६८ रनले हारेसँगै नेपालको सपना अपूरै रहेको हो ।
ओमान स्थित अल अमारत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७५ रन बनायो । सुरुवात राम्रो गर्न नसकेको यूएईका लागि मुहमद वासिमले वि स्फो टक अर्धशतक बनाए । सेमिफाइनलमा युएईले नेपाललाई ६८ रनले हराएर विश्वकपमा स्थान पक्का गरेको हो ।
अर्को सेमिफाइनलमा आयरल्यान्डले घरेलु टिम ओमानलाई ५६ रनले पराजित गरेर विश्वकपमा स्थान पक्का गर्यो । यसपटकको टी९२० विश्वकपमा आगामी अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुँदैछ । अस्ट्रेलियामा हुने विश्वकपमा १६ टिमबीच प्रतिस्पर्धा हुनेछ। १४ टिमको स्थान पक्का भइसकेको अवस्थामा बाँकी दुई टिमका लागि विश्व छनोट हुने बाँकी छ ।






