एजेन्सी । नेपाल होस् वा विदेश, अधिकांश सडकहरू तपाईंले कालो देख्नुभएको होला । तर एउटा यस्तो देश पनि छ जहाँ सडक निलो हुन्छ । हो, कतार देशका सडकको रङ नीलो छ, त्यहाँ जाने हरेक व्यक्तिलाई कतारले आफ्नो सडक सुन्दर बनाउन निलो रंग प्रयोग गरेको हुनुपर्छ भन्ने लाग्छ ।
तपाईलाई भनौं, यसअघि यहाँ पनि सडकको रंग कालो वा खैरो दिइएको थियो, तर अहिले नीलो रङ दिनुको कारण अर्कै छ । यो थाहा पाएपछि तपाई पनि भन्नुहुनेछ कि नेपालमा पनि यही रंगको सडक हुनुपर्छ ।
कतारका सडक किन नीलो रंगिएका छन् ?
ग्लोबल वार्मिङले सम्पूर्ण विश्वलाई चिन्तित बनाएको छ र यो मुद्दा सधैं चर्चाको विषय बनिरहन्छ। लगातार बढ्दो तापक्रम विश्वका लागि समस्या बनेको छ, जहाँ धेरै देशहरूले ग्लोबल वार्मिंगसँग जुध्न आवश्यक कदम चालिरहेका छन् ।
यसैबीच कतारले पनि ग्लोबल वार्मिङसँग ल’ड्न आफ्नो सडकलाई नीलो रंगमा परिवर्तन गरेको छ, ताकि कतारको बढ्दो तापक्रमबाट राहत पाउन सकियोस्। निलो सडकले तापक्रम सन्तुलनमा राख्न मद्दत गर्छ भन्ने विश्वास गरिन्छ ।
रङ फेरेर के फाइदा हुन्छ ?
निलो सडक बनाउने काम सबैभन्दा पहिले कतारको दोहा शहरबाट सुरु भएको हो । दोहाबाट निलो सडक निर्माणको प्रारम्भिक काम कतारले गरेको छ । कतारले निलो सडकहरूले वास्तवमै तापक्रम कम गर्छ कि भनेर धेरै परीक्षणहरू पनि गरेको छ । यसका लागि कतारमा १८ महिनाको पाइलट प्रोजेक्ट सुरु गरिएको थियो ।
विज्ञहरुका अनुसार कतारले आफ्नो सडकको तापक्रम घटाउन यस्तो योजना बनाएको हो । यस बाहेक तापक्रमको भिन्नता हेर्न धेरै सेन्सरहरू पनि जडान गरिएको थियो जसको मद्दतले परिवर्तनहरू देख्न सकिन्छ ।
वैज्ञानिकहरूका अनुसार कालो वा खैरो सडकको तापक्रम २० देखि २५ डिग्रीभन्दा बढी हुन्छ। कालो रङले सबैभन्दा बढी गर्मी तान्ने विश्वास गरिन्छ। यही कारण सडकको छेउमा रुख नहुँदा तापक्रम झन् बढ्छ । त्यसैले कतारले आफ्ना सडकलाई निलोमा परिवर्तन गरेर यहाँको
तापक्रम १५ देखि २० डिग्रीसम्म घटाउने प्रयास गरिरहेको छ । तर, यो पहिलो पटक भने होइन, कतार बाहेक लस भेगास, मक्का र टोकियो सहरको सडकलाई पनि निलो रंगमा रंगिएको छ ।






