एजेन्सी । दक्षिण कोरियामा भाग्य लोट्टो अर्थात लट्री धेरै नै प्रख्यात छ। हरेक हप्ता खुल्ने यो भाग्य चिठ्ठाबाट धेरैले आफ्नो भाग्य बनाएका पनि छन । कोरियामा रहेका नेपालीहरु पनि यस्तो चिठ्ठा धेरै किन्ने गर्दछन । तर हरेक बर्ष लोट्टो जितेर पनि पैसा नलिनेहरु धेरै हुन्छन । पुरस्कार जितेको उनिहरुलाई थाहा नभएको हो वा के कारण हो यस्तो रकम धेरै नलिएको पाइन्छ ।
गत बर्ष कोरियामा लोट्टो विजेताहरुले ५१.६ बिलियन कोरियन वन लिएनन् । कोरियाको स्ट्राटेजी तथा फाइनान्स मन्त्रालयले जनवरी ३१ तारिखमा दिएको जानकारी अनुसार गत बर्ष देशभरबाट विभिन्न समयमा लोट्टो चिठ्ठा परेकाहरुले करिब ५१ अर्ब कोरियन वन लिएका छैनन् । यो रकममा अनलाईन लोट्टो तथा पेनशन लट्रीको रकम समावेश छ ।
सन २०२१ को यो रकम सन २०२० को भन्दा भने कम हो । सन २०२० मा करिब ६० अर्व कोरियन वन लोट्टो परेकाहरुले लिएका थिएनन । गत ५ बर्षको डाटा हेर्नेहो भने सन २०१७ मा कोरियामा लोट्टो बिजेताहरुले नलिएको रकम करिब ४७ अर्व वन रहेको थियो भने सन २०१८ मा यस्तो रकम करिब ५० अर्व वन थियो ।
त्यसैगरी सन २०१९ मा लट्री विजेताहरुले रिसिभ नगरेको रकम करिब ५४ अर्व रहेको थियो भने सन २०२० मा करिब ६० अर्व रहेको थियो । लोट्टो विजेताहरुले विभिन्न कारणवस उक्त रकम नलिएका हुन सक्ने बताइएको छ । लोट्टोको टिकट यदि विजेताले १ बर्षभित्रमा नलिएको खण्डमा उक्त टिकट एक्सपाएर हुने कानुन रहेको छ ।
विजेताहरुले आफूलाई पुरस्कार परेको थाहा नपाउँदा वा अन्य विभिन्न कारणले पुरस्कार नलिएको हुन सक्दछ । यदि पुरस्कार १ बर्षसम्म पनि नलिएको खण्डमा उक्त रकम स्वत लट्री फण्डमा जाने गर्दछ । यो फण्डको रकम विभिन्न सामाजिक कार्यहरुमा खर्च गरिने गरिन्छ । गत बर्ष यस्तै लट्री बिजेताहरुले नलगेको रकमबाट विभिन्न ग्रामिण हाउजिङ तथा भेटेरन फण्डहरुमा प्रयोग गरिएको थियो ।
त्यसैगरी कल्चरल तथा आर्थ प्रमोशन फण्ड तथा जेन्डर इक्वालिटी फण्ड अनि युथ डेभलपमेन्ट फण्ड जस्ता सामाजिक हितका लागि काम गर्ने प्रोजेक्टहरुमा खर्च गरिएको थियो । आफूले लट्री जितेर पनि त्यसको फाइदा लिन नसक्ने अवस्थामा कमि ल्याउनका लागि संस्थागत रुपमा सुधार गर्नु आवश्यक रहेको विज्ञहरुले बताएका छन ।






