एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले बेइजिङ ओलम्पिकलाई ‘ठूलो विजय’ भन्दै चीनका राष्ट्रपति सी जिनपिङलाई बधाइ दिएका छन् । ‘विश्वव्यापी स्वास्थ्य संकट र अप्रत्यासित गम्भीर परिस्थितिका बाबजुद बेइजिङ हिउँदे ओलम्पिकको सफल उद्घाटन समाजवादी चीनले प्राप्त गरेको अर्को ठूलो विजय हो,’ किमले राष्ट्रपति सीलाई पठाएको पत्रमा उल्लेख छ ।
आफूले दुई पक्ष र दुई देशबीचको बीचको सम्बन्धलाई निरन्तर नयाँ उचाइमा पुर्याउने किमले बताएका छन् । हिउँदे ओलम्पिक शुक्रबार राजधानी बेइजिङमा हुँदैछ । यसैबीच राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियाको मिसाइल परीक्षणबारे छलफल गर्ने भएको छ । उत्तरले मध्यम दूरीको व्यालिस्टिक मिसाइल (आईबीएम) सहित जनवरी महिनामा मात्र ७ ओटा मिसाइल परीक्षण गरेको छ ।
उसले सन् २०१७ पछि आइतबार पहिलो पटक आईबीएम प्रहार गरेको थियो । उत्तर कोरियाको आणविक परीक्षणलाई लिएर राष्ट्रसंघले उमाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ । योपनि पश्चिमी न्यूनचापीय प्रणालीको शक्तिशाली प्रभावका कारण वर्षासँगै उदयपुरको उत्तरी भेगमा दशकपछि बाक्लो हिमपात भएको छ । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म वर्षासँगै हिमपात भएको हो ।
हिमपातसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । उदयपुरको उच्च पहाडी क्षेत्रमा हिउँ परेपछि नजिकको तराई फाँटदेखि पहाडी भेगमा चिसो बढेको छ । उदयपुरको सबैभन्दा अग्लो स्थान रौतामाई गाउँपालिका–१ माझखर्क चित्रेथाम र दोबाटेमा बाक्लो हिमपात भइरहेको स्थानीयवासी सरोज थापा मगरले बताए ।
उनले सामान्य हावाहुरीसँगै हिमपात एकैपटक परेपछि सर्वसाधारणलाई घरबाट बाहिर निस्कन तथा आवतजावतमा समस्या भएको बताए । चित्रेथानमा दशक यताकै सबैभन्दा बढी बाक्लो हिमपात भएको बताइएको छ । रौतामाई गाउँपालिका–१ नामेटारको चित्रेथानमा हिउँ खेल्न विभिन्न स्थानबाट सर्वसाधारण आउने क्रम जारी रहेको मगरले बताए ।






