काठमाण्डौ । सामान्यतया हाम्रो मानसिकता छ कि विश्वप्रख्यात हुनकोलागी हामीले औपचारिक शिक्षा नै हाँसिल गर्नु पर्ने हुन्छ । त्यसैले कतिपय मानिस जो आफुलाई विश्वप्रख्यात बनाउन चाहान्छन् उनीहरु औपचारिक शिक्षा हासिल गर्ने होडबाजीमा लागिरहेका हुन्छन् ।
तर उनीहरुलाई थाहा हुँदैन कि विश्वप्रख्यात बन्नकोलागी औपचारिक शिक्षा हैन यसका साथै अरु नै कुराको पनि महत्व हुन्छ जुनचाही आर्जन गर्ने पर्ने हुन्छ भन्ने कुरा । विश्वप्रख्यात हुनकोलागी मानिसमा औपचारिक शिक्षासंगै व्यवहारिक हुन अत्ति नै आवश्यक हुन्छ ।
र मानिसले यही व्यावहारिक कुरालाई खासै ध्यानमा राखेको हुँदैन । साधना, सङ्घर्ष र व्यवहार नै त्यस्तो शक्ति हो, जसले औपचारिक शिक्षा नलिनेहरु पनि जीवनमा अब्बल बन्न सक्छन् । विश्वका धेरै वैज्ञानिकहरु, जो औपचारिक शिक्षामा कमजोर थिए ।
तर, उनीहरुले ठूलठूला आविस्कार र अन्वेषणमा सफलता हासिल गरे । केही विश्वविख्यात व्यक्तिहरुको चर्चा गर्नुपर्दा उनीहरुको नाम र काम सजिलै लिन सकिन्छ । जो विद्यालयबाट प्राप्त गरिने शिक्षामा कम्जोर थिए भने प्रतिभा र ख्यातिमा अब्बल थिए ।
उनीहरुको त्यही अब्बलताकै कारण आज उनीहरु विश्वख्याति व्यक्तित्वको रुपमा चिनिन्छन् । उनीहरु को हुन् ? उनीहरुको सफलताबाट कसरी प्रेरणा लिने भन्ने बारेमा तल उनीहरुको बारेमा व्याख्या गरिएको छ ।
बिल गेट्स्ः कुनै बेला संसारकै पहिलो धनी मानिने बिल गेट्स् अहिले विश्वका दोस्रो धनी व्यक्ति हुन् । गेट्सले बीचमै कलेज छोडेका थिए । कलेज छोडेका विल गेट्स अन्ततः विश्वकै धनी व्यक्ति बने ।
मार्क जुकरवर्गः जुकरवर्ग विद्यालय र कलेजमा अब्बल विद्यार्थी थिएनन्। उनको स्मरण शक्ति र ज्ञान सामान्य मात्र थियो । तर, कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसबुकका मालिक बने ।
रवीन्द्रनाथ टैगोरः टैगोर विश्वविख्यात कवि हुन् । तर, उनी एसएलसी परीक्षामा सातपटक अनुत्तीर्ण भए । सातपटक एसएलसी फेल भएका टैगोर अन्ततः विख्यात कवि बने ।
लियोनल मेस्सीः फुटबलका बादशाह मेस्सी सुरुमा होटमा वेटरको काम गर्थे । वेटरको काम गर्दागर्दै लियोनल मेस्सी विश्वकै धनी र चर्चित फुटबल प्लेअर बने ।
डा. विकासानन्दः सानैमा उनी चोरी गर्दै हिड्थे । क्रमशः उनी आध्यात्मिक चिन्तनतिर तानिए । अन्ततः विकासानन्द प्रख्यात धार्मिक गुरू र चिन्तक बने ।
थोमस एडिसनः आफ्नै नाम बिर्सने वैज्ञानिक हुन् उनी । सुरुमा उनी घर–घरमा साग बेच्दै हिंड्थे । साग बेच्दै हिड्ने थोमस एडिसन प्रसिद्ध वैज्ञानिक बने ।
चार्ली चाप्लिनः बेलायतमा जन्मिएका उनी सुरुमा भीख माग्दै हिंड्थे। तिनै भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।
रजनीकान्तः रजनीकान्त एक खलासी थिए । खलासीको काम गर्दागर्दै रजनीकान्त विश्वविख्यात सुपरस्टार बने ।
एल्विस प्रिस्लेः उनी सुरुमा सवारी चालक थिए। सवारी चलाउँदै गर्दा उनले गायनमा हात हाले । पछि ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।
स्टिभ जब्स्ः उनी सुरुमा कवाडीको काम गर्थे । उनले कहिल्यै सोचेनन् कि म खर्बौंको मालिक बन्नेछु । अन्ततः कवाडीको काम गर्दागर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।
नरेन्द्र मोदीः भारतका १५ औं प्रधानमन्त्री नरेन्द्र मोदी सुरुमा चिया बेच्थे। उनी चिया व्यवसायबाट गुजरातको मूख्यमन्त्री हुँदै भारतको प्रधानमन्त्री बने ।
पुष्कर शाहः नेपाली नागरिक पुष्कर शाहले साइकल लिएर विश्व घुमेका छन् । उनले साइकलयात्रीका रुपमा गिनिज बुकमा समेत नाम लेखाएका छन् । उनी सुरुमा २ रुपैंयाँ लिएर घरबाट निस्केका थिए ।
अमिताभ बच्चनः बाल्यकालमा बच्चनलाई लम्बु भनेर हेप्ने गरिन्छ। किनकि, उनी सरदारभन्दा अग्ला थिए । उनलाई हेयका दृष्टिले समेत हेरिन्थ्यो । तर, लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।
शाहरुख खानः शाहरुखलाई बाल्यकालमा अभिनेता बन्छु भन्ने कल्पनासम्म थिएन । उनी ट्याक्सी चढेर मुम्बई हेर्न आएका थिए । तर, तिनै शाहरुख अन्ततः विश्वकै चर्चित अभिनेता बने ।
म्याक्सिम गोर्कीः रुसका प्रगतिवादी लेखक सुरुमा घरेलु नोकर थिए । उनले त्यसबाट विद्रोह गरेर साहित्यमा कलम चलाएका थिए । तर, तिनै गोर्की विश्वविख्यात लेखक बने । उनको आमा उपन्यास आज पनि विश्वमा उत्तिकै चर्चित छ ।
धिरुभाइ अम्बानीः अम्बानी भारतकै सर्वाधिक धनाढ्य व्यक्ति हुन् । उनले पेट्रोल पम्पमा तेल बेच्ने काम गर्दथे । सङ्घर्षकै कारण तिनै धिरूभाइ अम्बानी भारतकै धनाढ्य बने ।
झमक घिमिरेः मदन पुरस्कार बिजेता झमक घिमिरे जीवन काँडा कि फूल रु कि लेखक हुन् । तर, उनका हातले काम गर्दैनन् । खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन् ।
होमरः साहित्यकार होमर अन्धा थिए । तर, अन्धो भए पनि उनी जीवनमा कहिल्यै निरास भएनन् । उनले साहित्यमा कलम चलाइरहे । अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसीजस्ता महाकाव्य लेखे ।
स्टिफन हकिङः हकिङ अपाङ्ग थिए । तर, उनी विज्ञान र अनुसन्धानमा सधैं सक्रिय रहे। २१ औं शताब्दीका महान् वैज्ञानिक थिए हकिङ । तिनै कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले ।
मोजर्टः उनी विश्वप्रख्यात संगीतकार हुन् । तर, मोजर्टको आर्थिक अवस्था अत्यन्तै दयनीय थियो। तर, गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।
माइकल फाराडेः फाराडे विश्वविख्यात वैज्ञानिक हुन् । तर, उनले लामो समय सामान्य पुस्तक पसलमा काम गरे । दैनिक जीवन धान्नकै लागि पुस्तक पसलमा काम गर्ने माइकल फराडे वैज्ञानिक बने ।
लियो टोल्सटोयः उनी विश्वविख्यात साहित्यकार हुन् । उनका कृतिहरुले आज पनि विश्व बजारमा उत्तिकै प्रभूत्व जमाएका छन् । तर, उनी कलेज छोडेर हिडेका थिए। कलेज छोडेर हिडेका तिनै टोल्सटोय टप टेन साहित्यकार बने ।
जोन डी रकेफेलरः उनी कहिल्यै स्कूलमा भर्ना भएनन् । औपचारिक शिक्षाका दृष्टिले रकेफेलर निरक्षर थिए । स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी व्यक्ति बने ।
महात्मा गान्धीः अ हिं साका मानक गान्धी एसएलसी परीक्षामा बल्लतल्ल तेस्रो श्रेणीमा पास भएका थिए । उनलाई मन्द वुद्धिका विद्यार्थी भनिन्थ्यो । तर, तिनै गान्धी भारतीय स्वतन्त्रता सङ्ग्रामका नायक र अ हिं साबादी आन्दोलनका पिता भए ।
एड्यु कारनेगीः उनी अत्यन्तै बिपन्न परिवारमा जन्मिएका थिए । तर, उनमा विजनेशको भोक जाग्यो । उनी तीन डलर बोकेर घर छोडेर हिंडे । तिनै एड्यु कारनेगी अन्ततः विश्वकै धनाढ्य व्यक्ति बने ।
एडोल्फ हिटलरः जर्मन तानाशाह हिटलर अत्यन्तै गरीब परिवारमा जन्मिएका थिए । गरीबीकै कारण उनकी आमा हिटलरलाई गर्भमा तुहाउन चाहन्थिन् । युवा अवस्थामा हिटलर बरालिँदै हिंड्थे । अन्ततः तिनै हिटलर विश्व शक्ति जर्मनीका शासक बने ।
अल्वर्ट आइन्स्टाइनः वैज्ञानिक आइन्स्टाइनलाई भौतिक विज्ञानका पिता मानिन्छ । उनी २० औं शताब्दीका सर्वश्रेष्ठ वैज्ञानिक हुन् । तर, उनी मन्दवुद्धिका थिए । अन्ततः उनी विश्वविख्यात वैज्ञानिक बने ।
कार्ल मार्क्सः मार्क्सवादका प्रणेता मार्क्स गरीब परिवारमा जन्मिएका थिए । उनले प्रतिपादन गरेको वर्गसङ्घर्ष र अतिरिक्त मूल्यको सिद्धान्त अकाट्य सावित भएको छ । तर, तिनै मार्क्सकी छोरी गरीबीका कारण मरेकी थिइन् । कात्रो किन्ने पैसा नभएर मार्क्सले छोरीलाई कोटले बेरेर अन्तेष्टि गरेका थिए ।
अल्वर्ट आइन्स्टाइनः वैज्ञानिक आइन्स्टाइनलाई भौतिक विज्ञानका पिता मानिन्छ । उनी २० औं शताब्दीका सर्वश्रेष्ठ वैज्ञानिक हुन् । तर, उनी मन्दवुद्धिका थिए । अन्ततः उनी विश्वविख्यात वैज्ञानिक बने ।
कार्ल मार्क्सः मार्क्सवादका प्रणेता मार्क्स गरीब परिवारमा जन्मिएका थिए । उनले प्रतिपादन गरेको वर्गसङ्घर्ष र अतिरिक्त मूल्यको सिद्धान्त अकाट्य सावित भएको छ । तर, तिनै मार्क्सकी छोरी गरीबीका कारण मरेकी थिइन् । कात्रो किन्ने पैसा नभएर मार्क्सले छोरीलाई कोटले बेरेर अन्तेष्टि गरेका थिए ।
अब्राहम लिङ्कनः अमेरिकाका पहिलो अश्वेत राष्ट्रपति हुन् अब्राहम लिङ्कन । तर, उनी दाउरेका छोरा थिए । उनको परिवारमा चरम गरीबी थियो । तिनै दाउरेका छोरा अब्राहम लिङ्कन अमेरिकाका राष्ट्रपति बने ।
विस्टन चर्चिलः चर्चिल बेलायतका प्रधानमन्त्री हुन् । तर, राजनीतिमा आउनुपूर्व उनी बेलायती सेनामा कार्यरत थिए । बेलायती सेनाका सामान्य जवान चर्चिल अन्ततः देशकै चर्चित प्रधानमन्त्री बने ।
नेपालमा पनि यस्ता धेरै व्यक्तित्व छन्, जसको औपचारिक शिक्षा र प्रमाणपत्र छैन । तर, उनीहरुसँग ज्ञान, क्षमता र नेतृत्व कुशलता अद्भूत छ । उनीहरु गरीब छन् । तर, देशका लागि उल्लेख योगदान गरेका छन् ।






