धादिङ्ग । राती संगै खाना खाएर सुतेकी अञ्जना एक्कासी बुढा मेरो त टाउको दुख्यो भनेर छट्पटाउन थालिन् । अञ्जना टाउको दुख्यो भन्दै असामान्य तरिकाले छट्पटाएको देखेर श्रीमान राजु पनि निकै अतालिए । किनभने अञ्जनाको टाउको दुखाई र उनको छट्पटाई सामान्य भए थिएन । श्रीमतीको त्यो अवस्था देखेर राजुले रातारात आफ्नी श्रीमती अञ्जनालाई काठमाण्डौ ल्याई पुर्याउँछन् ।
सत्यदेबी गाउँपालीका वडा न ४ निवासी राजु थापा मगर उमेरले ३६ बर्षिय हुन् भने उनकी श्रीमती अञ्जना २६ बर्षियकी हुन्् । अञ्जना २०७७ (पुस २९ गते राती अचानक टाउको दुख्यो भन्दै ढलेपछि सोही रात काठमान्डूको टिचिंग हस्पिटलमा ल्याएर उनको उपचार गराउन खोज्दा टिचिंगमा बेड अभाब भएपछी सामाखुसी स्थित अल नेपाल हस्पिटलमा लगेर उनको उपचार गरियो ।
आर्थिक अवस्था सामान्य भएका राजु र अञ्जनालाई काठमाण्डौमा उपचार गराउन हम्यहम्य परिरहेको छ । अस्पतालले भने अकस्मात बल्डप्रेसरले हानेर ब्रेनलाई असर गरेको भन्ने रिर्पोट दियो । अस्तपालमा राखेर महिनौं सम्म उपचार गराउँदापनि अञ्जनाको होस खुलेन । उनको उपचारकैलागी भनेर भएको सम्पती र गरगहना सबै उपचारमा सकिएको राजु बताउँछन् । हस्पिटलमा तिर्न बाँकी रकम नहुँदा उपचारमा ढिलाई भएको पनि उनले बताए ।
बाँकी अगाडीको उपचारकालागी कसरी पैसा जुटाउने भन्नेमा उनी अन्योलमा परेका छन् । सबैको सहयोगले अल नेपालको ४ महिनाको उपचार पछि काठमान्डूको महाराजगंजमा अवस्थित सहारा हस्पिटलमा फिजियोथेरापी संगै अन्य उपचार गराइरहेका राजु बिगत एक बर्ष देखि श्रीमतीलाई निको बनाएर पुन गाउँ जाने आसमा हस्पिटलमै बिरामी श्रीमती कुरेर बसेकाछन् ।
राजु र अञ्जनाका दुइ छोराहरु छन् । अहिले श्रीमतीको स्वस्थ अवस्थामा केही सुधार भएपनी हस्पिटलमा लाग्ने खर्च नहुँदा उनी निक्कै आत्तिएका छन् । त्यसमाथी हस्पिटलमा अझै दुइ लाख जती रकम तिर्न बाँकीनै छ । श्रीमतीको उपचार गर्नेकी छोराहरु पाल्ने अन्योलमा रहेका राजुले अब म र्नु बाहेक कुनै बिकल्प नरहेको भन्दै भक्कानिए । भिडियो






