ईटहरी /पछिल्लो समयको चर्चित गायक तथा सर्जक श्रिधर अधिकारी र पछिल्लो समयको चर्चित गायिका रचना रिमालको आवाजमा “हावादारीमा” बोलको गीतको भिडियो सार्बजनिक भएको छ। सृजन बरालले निर्देशन गरेको उक्त गीतमा श्रीधर अधिकारीकै शब्द रहेको छ भने संगित पनि स्वयंम श्रिधर अधिकारीकै रहेकॊ छ।
गितमा ईन्डिय डान्स स्टारका टप ८ रिदेश बस्याल, टिकटक लगायत म्युजिक भिडियोबाट चर्चा बटुल्न सफल अकेसा पोखरेल, धेरै म्युजिक भिडियोबाट चर्चा कमाउन सफल रोबिन पोखरेल, बुटवल नेक्सट मोडलको बिजेता सुबि लम्साल आदि कलाकारको अभिनय उक्त भिडियोमा देख्न सकिन्छ। माया प्रेममा आधारित गित “हावादारिमा”मा बिषेश सानै देखिको माया प्रेम र धोका पाएका कुराहरुलाई जोडिएको छ। भिडियो :
गित श्रिधर अधिकारी युटुब च्यानल मार्फत बजारमा आएको छ । गितको छायाँकन दुर्गा पैडेलले गरेका हुन भने ,सम्पादन शिब पैडेलले गरेका हुन। उक्त गीतको भिडियोलाई धेरैले हेरेर मन पराएका छन्।






