काठमाण्डौ । नायक पुष्प खड्काले गायिका मिना कार्कीसंग लगन गाँठो कसेका छन् । उनले मिनासंग रियल लाईफमा नभई रिल लाईफमा लगन गाँठो कसेका हुन् । गायक ऋषि खड्का र मिना कार्कीको सुमधुर स्वरमा रहेको गीत ‘फुर्के रिबन’ को म्यूजिक भिडियोमा उनीहरु एकअर्कासंग विबाह बन्धनमा बाँधिएका हुन् ।
गायक ऋषी खड्काले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएका छन् । गीति लेखन, संगीत सिर्जना र गायनमा समेत आफूलाई अब्बल स्थानमा राख्न सफल खड्काको सिर्जनाले अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।
गायक ऋषि खड्का र मिना कार्कीको नयाँ सागीतिक कोसेली ‘फुर्के रिबन’ श्रोता दर्शक माझ लिएर आएका छन् । नेत्र अर्यालको उत्कृष्ट शब्द सिर्जना रहेको गीतमा ऋषि खड्का गायक आफैले संगीत भरेका छन् भने श्यामश्वेत रसाइलीले एरेन्ज गरेका हुन् ।
बिक्रम चौहानको निर्देशनमा रहेको गीतको भिडियोमा पुष्प खड्का र मिना कार्कीको अभिनय रहेको भिडियोमा अन्य कलाकारहरुले साथ दिएका छन् । प्रकाश खड्काले छायांकन गरेका हुन् भने भिडियोमा कैद दृश्य उपत्यका र नेपालको विभिन्न रमणीय ठाउँमा छायांकन गरिएको गीतको भिडियोलाई मिलन बिश्वकर्माले सम्पादन गरेका हुन् ।
https://youtu.be/evwx2RvD704






