काठमाण्डौ । हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठका छोरा बुहारी बाबु जत्तिकै रमाईला रहेछन् । जुनसुकै र जस्तो सुकै कुरामा पनि रामाईलो गरेर बोल्ने, जवाफ दिने अनि जिन्दगीमा आईपर्ने सबै खाले कुरालाई निकै नै सहजनताका साथ ग्रहण गरेर अघि बढ्ने ।
एक अन्तरवार्तामा मदनकृष्णका छोरी बुहारीले बोलेका कुरा सुनेर सामाजिक सञ्जाल भरी नै उनीहरुको निकै सकारात्मक चर्चा गरिएको छ । जस्को सम्पुर्ण क्रेडिट बाबु मदनकृष्णलाई नै गएको छ । एक अन्तरवार्तामा मदनकृष्णका छोरा यमन र बुहारी रिंकुले शुरुवाती भेटदेखि लिएर अहिलेसम्मको सम्पुर्ण कुरालाई सुनाएका छन् । जस्मा उनीहरुले आफ्नो पहिलो भेट अमेरिकामा भएको बताएका छन् ।
कुनै सांगीतिक कार्यक्रमको माध्यमबाट भएको उनीहरुको भेटले नै जिन्दगीको यति लामो यात्रा तय गरेकोमा आफुहरु खुशी भएकोपनि उनीहरुले बताए । यमनले आफुहरुको सम्बन्धमा एकअर्कालाई आई लभ यू नै नभनी स्वीकार गरको बताए । उनले यसो भनिरहंदा छेउमा बसेकी उनकी श्रीमती रिंकुले पनि उनको भनाईमा सहमति जनाउँदै मुसुमुसु हाँसिरहेकी थिईन् ।
अमेरिकाको टेक्ससमा भएको उनीहरुको भेट र आजसम्मको संगैको यात्रामा उनीहरुको समझदारीले जीवनलाई अति सुन्दर बनाएको अनुभव सुनाए यमन र रिंकुले । मदनकृष्ण श्रेष्ठ बिहे गरेदेखि नै आजसम्म ससुरा जस्तो कहिल्यै नलागेको रिंकु बताउँछिन् । ‘मैले मेरो ससुरालाई ससुरा हो भन्ने अनुभुति कहिल्यैपनि गर्न पाईन । उहाँ मेरोलागी शुरुवाती दिनदेखि नै आफ्नै जन्म दिएको बुवा जस्तै हुन्हुन्छ ।’
रिंकुले जस्तै यमनले पनि आफ्नो बुवासंगको एउटा निकै नै मिठो सम्झना सुनाए । त्यो सम्झनामा यमनले स्कूलको होमओर्क नगरेकोमा बुवा मदनकृष्णले यमनलाई हात उठाउँदै थ प्प ड हान्न लागे जस्तो गरेर गा ली गर्दा यमन बुवाको त्यो गाली ड रा उनुको साटो उल्टै बुवालाई बुवाकै पारामा कम्फु कराटेंको पोज देखाएर त र्साएका थिए । भिडियो






