काठमाडौं २२ पौष । बिगतमा जेजस्तो सिनेमा निर्माण, निर्देशन गरेको भएपनि अब भने राम्रो कथावस्तु छनौट गरि सिनेमा बनाउने निर्देशक राजु गिरीले बताएका छन् । उनले मंगलबार राजधानीमा आयोजित निर्माणधिन सिनेमाको कलाकार अनुबन्ध र शिर्षक सार्वजनिक कार्यक्रममा बताएका हुन् ।
क्लसिक फ्रेमको प्रस्तुतिमा सुधन धिताल, श्याम खत्रीको निर्माण रहने सिनेमा ‘तिम्रो हुने कहिले’ नामक सिनेमा आगामी माघको २ गतेबाट छायांकनमा जाने कुरा पनि निर्माणपक्षले जानकारी गराएका छन् । यो सिनेमा निर्देशक गिरीले २ बर्ष पछि निर्देशन गर्न लागेका हुन् भने उनको अघिल्लो सिनेमा ‘मखमली मखमली’ हो ।
‘तिम्रो हुने कहिले’ मा नृत्य रामजी लामिछाने र सुनिता वसनेतको रहने छ । यसमा स्व. श्रीकृष्ण श्रेष्ठको डुप्लिकेट भनेर चर्चा बटुलेका टिकटक ब्वाई प्रकाश चन्द, करुणा पाण्डे, मिना जि.सि. सविन बास्तोला, सुधन धिताल, ललित सिंह आदि कलाकार रहेका छन् । टिकटक भाईरल प्रकाश चन्दको ‘तिम्रो हुने कहिले’ डेब्यु सिनेमा हो ।






