काठमाडौं-नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को गीत सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा शक्ति श्रेष्ठ र कविता मानन्धरलाई रोमान्टिक मोडमा देख्न सकिन्छ । बसन्त सापकोटाको संगीत, सुष्मा राइको शब्द रहेको गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर छ । शिव श्रेष्ठको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, मिथिला शर्मा, बसुन्धरा भुषाल, नरेन खड्का लगायतका कलाकारको अभिनय छ ।
शक्ति, कविता र संयक दर्शनधारीले यहि फिल्मबाट नेपाली चलचित्रमा डेब्यु गरेका हुन् । चलचित्रमा सुनिल कटुवाल, राम नारायण शाह, दिनेश थापामगर, खुम तामाङ, तारा तुलाधर सह–निर्माताको रुपमा छन् ।। दिनेश दर्शनधारी र यशोधा राइको लगानीमा बनेको यो चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् । फिल्म माघ १ गतेबाट प्रदर्शन हुँदैछ ।






