एजेन्सी । केही दिनअघिदेखि सामाजिक सञ्जालमा भाइरल भएका ताञ्जानियाका टिकटकस्टार किली पलको जोडीलाई धेरैले रुचाएका छन् । आफ्नै देशको पोशाकमा बलिउडको गीतमा लिपसिंक दिएर चर्चामा आएका किलीले पछिल्लो समय नेपाली गीतमा पनि लिपसिंक दिएका छन् । उनले दिएको नेपाली गीतलाई यतिबेला सामाजिक सञ्जालमा निकै नै भाइरल बनाईएको छ ।
टिकटक स्टार किली पलले निकै नै सुन्दर तरिकाले नेपाली गीत ‘लगायौ माया, साँट्यौ नि मुटुु नभेटी नभेटी’ बोलको गीतमा लिपसिंक दिएका छन् । उनले लिपसिंक दिएको उक्त भिडियोलाई सतहत्तर हजार बढीले लाईक गरेका छन् भने झण्डै १३ सयले प्रतिकृया दिएका छन् । उनी रंगमा कालो भएतापनि उनलाई उनका फ्यानहरुले ब्याल्क ह्याण्डसम् भन्दै प्रतिकृया दिएका छन् भने प्रतिशा सिलवालले त ‘कुवा तिमी नेपाल आऊ तिम्रो हारालुस हुन्छ’ भनेर प्रतिकृया दिएकी छन् ।
किलीको उक्त गीतको प्रस्तुतीमा प्रतिकृया दिने मध्यकी एक हुन् ज्ञानु राना पनि उनले पनि ‘मेरो बुढो कालो भएर होकी मलाई काले केटा औधी मन पर्छ लौन’ भन्दै किलीलाई नेपाली गीतमा लिपसिंक गर्न अझैं प्रोत्साहन गरेकी छन् । त्यसैगरी रिया बस्यालले पनि ‘विश्वमा नै धेरै केटी फिदा हुने मान्छे नै यै कालू होला’ भनेर किली प्रतिको आफ्नो माया देखाएकी छन् ।
किलीले दिएको लिपसिंकमा प्रतिकृया दिंदै अशोक कुमार क्षेत्रीले पनि ‘अहिलेको सुपर स्टारहरुलेपनि यत्तिको लिपसिंक मरे नी गर्दैनन् ।’ भनेका छन् । नेपाली गीतमा लिपसिंक दिएका किलीलाई उनका फ्यानहरुले यसरी नै कमेन्ट गरेका छन् । जुन कमेन्टले टिकटक स्टार किलीलाई नेपाली गीतमा लिपसिंक दिनकालागी आगामिहरु अझै उत्साहीत गर्ने बुझिन्छ ।
साधारण पोशाकमा टिकटमा किलीले आफुलाई मन पर्ने गीतहरुमा लिपसिंक दिने गरेको टिकटहरुमा पाईएको छ । उनलेआजसम्म लिपसिंक दिएको गीतहरु मध्य बलिउड र कलिउडको गीतहरु परेका छन् । किलीले नेपाली र हिन्दी भाषाका गीतहरुमा लिपसिंक दिनकोलागी भाषा भने जानेका छन या छैनन् यो भने कसैलाई थाहा नभएको विषय हो । तर उनले नेपाली होस् या हिन्दी जब लिपसिंग दिन शुरु गर्छन् तब लाग्छ कि उनलाई यी दुबै भाषा बखुबी बोल्न आउँछ ।
किलीले बलीउडका गीतहरुमा धेरै नै लिपसिंक दिएको हुनाले उनलाई बलीउडका संगीतकार तनिष्क बागचीले सन्देश पठाउदै सँगै काम गर्नका लागि अफर प्रस्ताव गरेका हुन् । किलीले सन्देशको स्क्रिन सट आफ्नो इन्स्टाग्राम स्टोरीमा शेयर गरेपछि उनलाई बलिउडबाट अफर प्रस्ताव गरिएको भन्ने थाहा भएको छ । किली र उनकी बहिनीको भिडियोलाई सामाजिक सञ्जालमा निकै रुचाइएको छ । ‘शेरशाह’ स्टार सिद्धार्थ र कियाराले पनि उनीहरुको भिडियोलाई शेयर गरेका छन् ।
तनिष्कको संगीत निर्देशनमा बनाइएको ‘शेरशाह’को गीत ‘राता लम्बिया’ मा किली र उनकी बहिनीले लिपसिंक गरेका थिए । तनिष्कले किलीलाई सन्देश पठाउदै ‘के तपाईंहरुकै भिडियो हो ?’ भनेर सोधेका थिए । किलीले आफूहरुको भिडियो भए पनि कसैले क्रेडिट नदिएको बताएपछि तनिष्कले सहकार्यको प्रस्ताव गरेका हुन् ।
किलीले आफ्नो सामाजिक सञ्जाल र टिकटकमा करिब २ सय ८५ भिडियो पोस्ट गरेका छन् । उनीहरुको भिडियो भाइरल भएपछि चर्चा चुलिएको छ । उनीहरुको अहिले एक लाख बढी फलोअर छन् । यी दुई भाईले टिकटकमा जब बलिउडको चर्चित गीतलाई निकै नै सानदार र रोचक पुर्ण तरिकाले प्रस्तुत गर्छन् तब उनीहरुको कमेन्ट बक्समा उस्तै सानदार प्रतिकृयाहरु उनीहरुका फ्यानहरुले गरिरहेका हुन्छन् । भिडियो
@tulsi1977






