रमेश प्रसाई केही समय देखि निकै चर्चामा छन् । उनको बोल्ने क्षमताले उनलाई चर्चामा ल्याएको हो । उनी आँखा देख्न नसक्ने भए पनि उनको तिक्ष्ण बुद्धिको कारण उनको चर्चा हुने गर्दछ ।
केही साता अघि मात्र विवाह बन्धनमा बाँधिएका रमेश प्रसाईको फोटो र भिडियो हरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छन् । उनले कालिकोट की नन्दा सँग हिन्दू संस्कार अनुसार विवाह गरेका हुन् ।
विगत केही वर्ष देखि प्रेम मा रहेका उनीहरूले इस्ट मित्र, आफन्त र पत्रकार हरुलाई निमन्त्रणा गरी धुमधाम विवाह गरेका थिए । विवाह मा चर्चित व्यक्ति हरुको उपस्थिति थियो । उनको विवाहको भिडियो हरु केही दिन सम्म युटुब मा ट्रेण्डिङ मा रहे भने सामाजिक सञ्जाल फेसबुक लगाएत मिडियामा भाइरल बनेको थियो ।






