काठमाण्डौ । हास्य कलाकार पल्पसा डंगोल (चम्सुरी) निको भएर घर फर्किएकी छन् । उनी घर फर्किए लगत्तै आफुले खेल्दै आईरहेको टेलीश्रृंखला मेरी बास्सैको सेटमा समेत पुगेकी छन् । चम्सुरी विगत लामो समयदेखि दुबै मृगौला खराब भएको हुनाले अस्पतालमा उपचारार्थ थिईन् ।
रोगलाई जीतेर उनले नयाँ जीवन पाएकी छन् । बिरामी भएर अस्पतालमा उपचारार्थ रहँदा पल्पसालाई पुरानै अवस्थामा फर्केर दर्शकहरूलाई हसाउँन सक्दिन की भन्ने चिन्ता लागिरहन्थ्यो । आज त्यीनै चम्सुरी करोडौं दर्शकको आशीर्वाद र प्राथनाले निको भएर काममा फर्किएकी छन् ।
उनी निको भएको खबरले उनका दर्शक दिर्घामा निकै नै खुशीयाली छाएको छ । धेरैले उनका फ्यानहरुले उनलाई सामाजिक सञ्जालमा नयाँ जीवन पाएकोमा बधाई तथा शुभकमना दिएका छन् । चम्सुरीलाई आफ्नै परीवारबाट मृगौला मिलिसकेको र अब प्रत्यारोपण मात्रै गर्न बाँकी रहेको र सो कार्य पनि छिटै हुने उनले बताएकी छन् ।
लामोसमयपछी चम्सुरी मेरी बास्सैमा फर्किएपछि खुसीले धेरै कलाकारहरूको आँखा खुसीले भरिएका थिए । सहयात्री चम्सुरीको बेग्लै रुप देखेपछि कलाकार मुलाको साग खुसीले रोएका पनि थिए । मेरी बास्सैको सेटमा सबैको आखाँमा चम्सुरी फर्किएको खबरले खुशीको आँशु देखीएको थियो । भिडियो






