मोरंग । जिल्लाको बेलबारीमा अर्को तारादेवीको जन्म भएको छ । उनलाई भेटेका र सुनेका सबैले अर्को तारादेवीको जन्म भएको भन्छन् । ३३ बर्षकी पद्मा उप्रेती नामकी महिला जस्को स्वर तारादेवीको भन्दा कमको छैन भन्छन् उनको आवाज सुन्नेहरु । उनी निकै नै मिठो स्वरले गीत गाउने गर्छिन् केवल आफ्नै घरको भान्सामा । आफ्नै घरको सानो भान्छा कोठाभित्र गाएर बसेकी पद्मा एक विबाहीत महिला हुन् ।
उनको आवाज र अन्तर्वार्ता बाहिर आएसँगै धेरैले उनको आवाज कर्णप्रिय आवाजकी धनी चर्चित गायिका तारादेवीसँग मेल खाने बताए । २ सन्तानकी आमा पद्मा पहिले पहिले गाउँको मन्दिरमा भजन गाउने गर्थिन् । पछि सन्तान भएपछि त्यहाँ गाउन पनि छोडिन र बिचमा उनले गायन बिर्सिसकेकी थिईन् । पछि टिकटक आएसँगै उनी लाईभमा जाने र गाउने गर्न थालिन् सबैले उनको कलालाई रुचाए र गीत गाउन अनुरोध गरे ।
पद्माको आफ्नै पारिवारीक समस्या रहेको छ । जस्को कारण उनले आफ्ना चाहानाहरुलाई मारेर केवल घरको भान्सामा सिमित गर्नु परेको छ । उनको भनाई अुनसार उनको समस्या भनेको आम नेपालीहरुको जस्तै गरिबी नै हो । यसै गरीबीकै कारण उनले गीत निकाल्न चाहेर पनि निकाल्न सकिरहेकी छैनिन् । उनी भन्छिन् यदि कसैले उनलाई सहयोग गरे गति निकाल्ने उनको सपनालाई उनले पुरा गर्नेछिन् । सुनौं उनको स्वर
https://youtu.be/-oSlaDBFx6o






