मुस्ताङ । मुस्ताङमा हिम पहिरो गएको छ । आईतबार थासाङ गाउँपालिका—२ को हिमाली लेकमा हिम पहिरो गएको हो । उक्त ठाउँमा हिम पहिरो जाँदा ७ जना घाइते भएको छन् । हिम पहिरो गएको देखेर भा’ग’दौ’ड गर्दैगर्दा ७ जना स्थानीयहरु घाइते भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जनाकारी दिए ।
हिम पहिरो गएपछि कोवाङ, लार्जुङ, नाउरिकोट, आसपासका स्थानीयको भागदौड हुँदा उनीहरु घाइते भएका हुन् । थासाङ गाउँपालिका, मार्थि धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो ख’से’को हो । हिम पहिरोका कारण बेनी–जोमसोम सडक यातायात समेत ३० मिनेट सम्म प्रहरीले बन्द गरेको प्रहरीले जनाएको छ ।
साङ गापा मार्थि धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट खसेको हिम पहिरोका कारण बोक्सी खोलाको पानीको बहाव समेत बढेको जिल्ला प्रहरी कार्यलय मुस्ताङका प्रहरी निरिक्षक आशिष अधिकारीले बताए । उनले फेरि पनि हिम पहिरो जानसक्ने भएकाले वरपरका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको बताए । भिडियो
@esmriti80 मुस्ताङमा हिँउ बाढि 🌏🙏मान्छेहरु भागा-भाग🥺#mustangmuser😘😘






