काठमाण्डौ । नेपाली गीतसंगीतमा एक उदयमान र्यापर गायक भिटेन फेरी एक पटक चर्चामा आएका छन् । उनी चर्चामा आउनुको एउटै कारण हो उनले रिलिज गरेको नयाँ गीत । उनको सडक बोलको नयाँ गीतले चौतर्फी चर्चा बटुलेको छ । उनको उक्त गीतलाई दुई दिनमै दश लाख पटक हेरिएको छ ।
अहिले यो गीत युटयुब ट्रेन्डिङमा समेत परेको छ । अक्टोबर ३० मा रिलिज भएको गीत नोभेम्बर २ मा १० लाख बढि पटक हेरिएपछि भिडियो ट्रेन्डिङ नम्बर २ मा परेको हो । गीतका कारण उनलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ । यसबिच भिटेनले नयाँ गीत सार्वजनिक गरेका हुन् ।
‘गल्ली सडक’ बोलको गीतमा समीर घिसिङ ‘भिटेन’ को शब्द, संगीत र स्वर रहेको छ । आफ्ना जीवनका घटनाहरुलाई भिटेनले गीतमा उतारेका छन् । आफू सडक र गल्लीबाट हुर्किएको देखि गीत गाउँदा सरकार र प्रहरीले आफूलाई नि शा ना बनाएको उनले गीतबाट प्रस्तुत गरेका छन् ।
गीतको भिडियोलाई जामेस लामा र भिटेनले निर्देशन गरेका हुन् । गीतलाई लिएर समाजिक संजालमा मिश्रित प्रतिक्रिया आइरहेको छ । गीतको शब्द चयनलाई केहीले आलोचना गरेका छन् भने धेरैले गीतको भिडियोग्राफीलाई मन पराएका छन् । तस्वीर उक्त गीतको म्युजिक भिडियोबाट लिइएको हो भने यहाँ राखिएको भिडियो भिटेनको युट्युव च्यानलबाट लिइएको हो ।






