बाँके । नेपालगञ्ज विमानस्थलमा बँदेलसँग ठो’क्कि’ए’र सीता एयरको जहाज दुर्घटना भएको छ । मंगलबार बिहान नेपालगञ्जबाट हुम्लाको सिमिकोट उड्न लागेको जहाज धावनमार्गमा गुड्दै गर्दा बँदेलसँग ठो’कि’न पुग्दा दुर्घटनामा परेको हो ।
दुर्घटनाबाट जहाजको अगाडिपट्टीको नोजल ल्यान्डिङ गियर भाँ’चि’एको र धावनमार्गमै रोकिएको एसपी श्याम कृष्ण अधिकारी जानकारी दिए । यद्यपि, सो दुर्घटनाबाट कुनै मानवीय क्षति भने नभएको अधिकारीले बताए ।
विमानमा चालकदलसहित १४ जना यात्रु र करिव ९० केजी कार्गो रहेको थियो । अहिले विमान धावनमार्गबाट हटाउने काम भईरहेको छ भने विमानस्थल ब’न्द गरिएको छ ।






