एजेन्सी । प्राय पुरुषहरु बैबाहीक बन्धनलाई जेलको उपमा दिने गर्दछन् । त्यसैलेपनि उनीहरु विबाह भन्ने बित्तिकै पर भाग्न खोज्दछन् । एउटा उखान नै छ विबाह त्यो मिठाई हो जो खाएपनि सुख छैन नखाएपनि सुख छैन । विबाह गर्नु भनेको जेलमा पर्नु हो भन्छन् पुरुषहरु । विबाह पश्चात जेल भित्र कै द हुनु पर्छ भन्ने मानसिकताले नै पुरुषहरु बरु बाहीर अन्य सम्बन्ध राख्न तयार हुन्छन् तर कसैसंग विबाह गर्न भने त्यत्ति उतसाहीत हुँदैनन् ।
विबाहीत र अविबाहीत यी दुवै खाले पुरुषहरुको भनाईमा विबाह गर्नु भनेको जेल जानु हो र जेल जानु भनेको स्वतन्त्रता खोसिनु हो । यही भनाई एक विबाहीत पुरुषको जीवनमा लागू भएको छ । ती व्यक्ति चाहन्छन् कि उनलाई जेलमा राखियोस् । उनी घरमा श्रीमतीसंग बस्नु भन्दा जेलमा बस्न उचित ठान्छन् । घरमै थुनिएका व्यक्तिले आफूलाई जेल पठाउन प्रहरीलाई आग्रह गरेका छन् ।
श्रीमतीसँग घरमा बस्नुभन्दा जेलमा बस्नु राम्रो भएको ति ब्यक्तिको भनाई छ । यो घटना इटालीको गुइडोनिया मोन्टेसेलियो नामक क्षेत्रमा भएको हो । स्थानीय प्रहरीले ३० वर्षीय पुरुषले आफुलाई जेल हाल्न अनुरोध गरेको पुष्टि गरेको छ। मूल रूपमा अल्बानियाका ती पुरुषले आफ्नी श्रीमतीसँग घरमा बस्न निकै पी डा दायी हुने बताएका छन् ।
ड्र ग घटनामा उनी केही महिनादेखि घरमै थुनिएको प्रहरीले जनाएको छ । उनी अझै केही वर्ष घरमै नजरबन्दमा बस्नुपर्ने थियो । म अब सहन सक्दिन । प्रहरी चौकी पुगेपछि ती व्यक्तिले प्रहरीलाई भने– ‘सुन्नुहोस्, मेरो घरेलु जीवन नरक बनेको छ । म अब सहन सक्दिन ।
म जेल जान चाहन्छु। सोही क्रममा घरबाट बाहिर निस्केको भन्दै प्रहरीले तत्कालै पक्राउ गरेको थियो । यसपछि न्यायिक अधिकारीले उक्त व्यक्तिलाई जेल हाल्ने आदेश पनि दिएका थिए । यो घटनालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले धेरै प्रतिक्रिया दिएका छन् ।
उखानलाई उद्धृत गर्दै एकजना पुरुषले भनेका थिए– झ ग डा गर्ने महिलासँग बस्नुभन्दा निर्जन मरुभूमिमा बस्नु राम्रो हो । त्यही क्रममा एक प्रयोगकर्ताले लेखे–यो व्यक्तिले घरमा आफ्नो भागको काम पूरा गर्न सके, त्यसैले बिदा मागेको जस्तो लाग्छ । त्यही क्रममा अर्का प्रयोगकर्ताले ती व्यक्तिलाई डिभोर्स गर्न सल्लाह दिएका छन् ।






