काठमाण्डौ । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी साफ च्याम्पियनसिपको फाइनल खेलमा प्रतिबन्ध गरिएको छ । यसअघिका श्रीलंका र बंगलादेशविरुद्ध चौथो र नवौँ खेलमा दुईवटा पहेँलो कार्ड पाएको भन्दै अलमुताइरी फाइनल खेलका लागि प्रतिबन्धित भएको साफले जनाएको छ ।
अलमुताइरीले भने साफले आफूमाथि व्यक्तिगत रि सि इ बी साँधेको आ रो प लगाएका छन् । ‘मलाई का र बा ही गर्न कै लागि नियम परिवर्तन गरियो । यो निष्पक्ष र न्यायपूर्ण देखिएन,’ उनले भने, ‘यो मलाई होइन, नेपाली फुटबललाई का र बा ही हो ।’ साफको नियमावलीमा दुईवटा पहेँलो कार्ड पाएका खेलाडीमाथि मात्र अर्को खेलमा प्रतिबन्ध हुने नियम रहेको उनको तर्क छ ।
यो नियम अफिसियलको हकमा रातो कार्ड खाएको अवस्थामा लागू हुने उनको भनाइ छ । ‘आफ्नै नियमलाई पालना नगर्ने हो भने किन राखेको ?,’ उनले प्रश्न गरे । माल्भ्सिविरुद्धको खेलमा भारतीय प्रशिक्षकले रातो कार्ड खाएर फाइनलमा उपस्थित हुन नपाउने भएपछि नेपालका प्रशिक्षकलाई पनि बाहिर राख्नका लागि यस्तो ष ड्य न्त्र गरिएको पनि अलमुताइरीले ग म्भी र आ रो प लगाए ।
‘साफलाई सायद नेपालले निकालेको नतिजा मनपरेको छैन । र, यदि म मैदानमा भएँ भने नेपालले उपाधिका लागि अन्तिमसँग लड्छ भनेर यो गरेको हुनसक्छ । म ठ्याक्क भन्न सक्दिनँ,’ उनले भनेका छन् । नेपालले प्रतिबन्धविरुद्ध एएफसीलाई पुनःमूल्यांकनका लागि पत्र पठाएको भए पनि एएफसीले पनि साफकै प्रतिबन्ध लागू हुने बताएको छ । भिडियो






