एजेन्सी । अहिलेको पुस्तालाई माया पिरती गाँस्नकोलागी एउटा सजिलो माध्यम भनेको सामाजिक सञ्जाल बनेको छ । कहिल्यै नभेटका र नदेखेकाहरु फेसबुकमार्फत सहजै साथी बन्छन् अनि बिस्तारै बोल्दाबोल्दै र भेट गर्दागर्दै साथीभन्दा माथिको सम्बन्ध बनाउँछन् ।
यस प्रकारको सम्बन्धले कतिको घरबार बि ग्रि एको छ भने कतिको त बिहेबारी समेत यही फेसबुकले गराइदिएको छ । तर, चीनमा एउटा यस्तो घटना भएको छ, अनलाइनमा साथी बनेर भेट्न जाँदा ससुरा बुहारी पो परेछन् ।
एकआपसमा भेट्दा यी दुबै जना लाजले पानी पानी मात्रै हुनु परेन्, बाबुले छोराको कुटाइ समेत खानुपरेको समाचार बाहीरिएको छ । घटना चीनको हेलोगजियांग प्रान्तको हो । यी ससुरा र बुहारी दुबैले आफ्ना पति पत्निलाई झुक्काएर च्या’ट गर्थे ।
दुवै जनाले आफ्नो नाम र फोटो समेत बदलेका थिए । अनजानवश च्याटमा भएको भेट र कुराकानी माया प्रेममा परिणत हुन थाल्यो । यसो त ५७ बर्षीया वांगलाई अनलाइनमा साथी बनाउने र च्या’ट गर्ने लत नै थियो ।
वांग आफ्नै बुहारीसँग कुरा गर्दा आफू एउटा कम्पनीको निर्देशक भएको भनेर ढाँट’थे, श्रीमतीको मृत्यु भइसकेकाले आफू एक्लै भएको ती महिलालाई बताउथें । बुहारी लिली पनि के कम रु उनी आफ्नो श्रीमान जेलमा रहेकाले छोरासँग मात्रै बस्दै आएको बताउँदै आएकी थिइन् ।
हरराति यी दुईबीच च्या’ट्मा कुरा हुन्थ्यो । पछि फोटो पठाउने कुरा भयो । अनि दुबै जनाले आफ्ना साथीका राम्रा फोटो पठाइदिए । फोटो हेरिसकेपछि दुबैजनाले बेलुकी स्थानीय होटेलमा ६ बजे भेट्ने तय गरे ।
लिली र वांगबीच होटेलमा भेट्ने तय भएकै दिन लिलीका श्रीमान यात्राबाट घर पर्किए । उनले च्याटबारे सबै जानकारी पाएपछि दुबैलाई रंगे’हात समात्न होटलतिर लागे । लिली जब होटेलमा गएर कोठा ढकढकाईन् त्यसपछि ढोका खोल्दा आफ्नै ससुरा पो परेछन् ।
पछि श्रीमान पनि लिलीलाई पछ्याउँदै होटल पुगेपछि लफ्डा सुरु भयो । लिलीका श्रीमानले बाबु र श्रीमतीलाई कुट’पिट गरेपछि प्रहरी आइपुग्यो । अहिले फेसुबक लभको को च क्क रमा प्रहरीले ससुराबुहारीलाई केरकार गरिरहेको छ ।






