काठमाण्डौ । नायिका श्वेता खड्कासँग पैसा लिएर फिर्ता नगर्ने एक व्यवसायी प क्रा उ परेका छन् । प्रहरीका अनुसार नायिका खड्कासँग ८६ लाख रुपैयाँ ऋण लिएर फिर्ता नगर्ने जग्गा कारोबारी चितवनका काजी गुरुङ प क्रा उ परेका हुन् ।
गुरुङले पैसा फिर्ता गर्ने नाममा बैंकमा पैसा नै नभएको चेक दिएका थिए । पैसा नपाएपछि नायिका खड्काले प्रहरीमा चेक बाउन्सको मु द्धा हालेकी थिइन् । श्वेताको उजुरीसँगै काठमाडौं प्रहरी परिसरको टोलीले गुरुङलाई प क्रा उ गरेको हो । एक हप्ताअघि प क्रा उ गरेर उनीमाथि अनुसन्धान जारी राखेको प्रहरीको भनाई छ ।
बो ल्ड श्वेता
आँशुको समुन्द्रबाट उभिएर श्वेता दोश्रो बिवाह पछि दरिलो हुँदैछिन् । उनकै भाषामा भन्ने हो भने उनी बो ल्ड भएकी छिन् । त्यसैले त थुप्रै एकल महिलाहरु आइकन सम्झेर श्वेतालाई भेट्न आइपुग्छन् । त्यस्ता मानिसलाई श्वेता सम्झाउँछिन्, ‘लाइफलाई त्यसै कि ल गर्नु हुँदैन । गर्नुपर्छ समयले सबै कुरा सिकाउँछ ।’
श्वेतालाई थुप्रै एकल महिलाका कुरा सुनेकी छिन् । ‘म पनि यही समाजको मानिस हुँ । त्यसैले अनेक अपाच्य प्रश्नको सामना गर्नुपर्छ’ श्वेता भन्छिन्, ‘म गृहणी होइन, इन्टरपेनर हुँ । मलाई त यस्तो गाह्रो छ भने वस्तविक गृहणी एकल महिलाहरुलाई कति गाह्रो छ होला ?’
तर, श्वेतालाई नारी भएकोमा गर्व छ । नारीले अवसरको पाए जेसुकै गर्न सक्ने तर्क गर्छिन् । ‘एउटा नारी नभएको घर र नारी भएको घर हेर्नुस्, थाहा भइहाल्छ की नारी कति सिन्सीयर हुन्छन् भन्ने’, साँच्चै भन्ने हो भने श्वेता बो ल्ड नारीका रुपमा चिनिन्छिन् ।






