भोजपुर । जीवितै हुँदाहुँदै परिवारका सदस्यले काजक्रिया गरेर मृत्यु दर्ता समेत गरिसकेका रहेछन् भन्ने सुन्दा अचम्मित हुँनु भनेको स्वभाविक नै हो । यस्तै अचम्मित भएका छन् । भोजपुरका सुभास तामाङ पनि । वैदेशिक रोजगारीका क्रममा आफ्नो मृत्यु भएको झुटो खबरका कारण ४० वर्षीया सुभास तामाङले ठूलो हैरानी बेहोरेका छन् ।
परिवारले काजकिरिया गरी मुत्युदर्ता समेत गरेकाले त्यसलाई सच्याएर आफू जीवितै रहेको प्रमाण जुटाउन चार वर्ष लागेको छ । उनी विदेशमा रहेका बेला मृत्यु भएको खबर आएको थियो । विदेशमा मृत्यु भएको र अन्तिम संस्कार गरिएको सरकारी जानकारी नै आएपनि परिवारले काजकिरिया र मृत्यु दर्ता गराएका थिए ।
तर उनी घर फर्किए । आफ्नो परिवार र छिमेकीले नचिन्ने कुरा नै भएन । मृत्यु भयो भनिएका व्यक्ति जीवित नै हुन् । तर नागरिकता मिलेन । उनी जीवितै रहे पनि सरकारी अभिलेखमा २०७२ सालदेखि नागरिकताको नाम मृतकको सूचीबाट हटाउँदै नागरिकताको प्रतिलिपी उपलब्ध गराएको छ ।
‘म जीवितै भएको प्रमाण बल्ल पाएँ,’ उनले भने ‘नेपालमा केही काम पाइँदैन । दुई छोराछोरी र श्रीमती मसँगै आश्रित छन् ।’ अब फेरि मिल्यो भने विदेश नै जाने सोचमा छुु मृतकको सूचीबाट नाम नहट्दा उनले यो अवधिमा सरकारी निकायबाट कुनै काम लिन सकेनन् ।
भोजपुरको षडानन्द नगरपालिका २ –साविक कुदाककाउले गाविस ९ पुरानो ठेगाना भएका सुभास वैदेशि रोजगारीका क्रममा साउदी अरब गएका थिए । २०७२ असार २५ गते ट्याक्सी दुर्घटनामा उनको मृत्यु भएको खबर आएको थियो । तर ती व्यक्ति अरु नै भएको खुल्न आएको छ ।






