पोखरा । कुनै पनि बिरामीलाई जब डक्टरले अब बाँच्दैन भनेपछि परिवार र आफन्तहरुलाई पीर पर्न जान्छ र उनीहरु निकै दुःखी पनि हुन्छन् । तर पोखरामा अचम्मको घटना भएको छ ।
पोखराको पोखराको जिएमसी अस्पतालमा उपचारार्थ एक युवकलाई चिकित्सकले उनको अब धेरै दिन बाँकी नरहेको भन्ने जवाफ दिएपछि उनका परिवार र आफन्त भन्दापनि बिरामीले नै आफुलाई घाटमा लैजान भनेर हठ गरे । जस्ले गर्दा उनका परिवार र आफन्तहरु आ क्रो शित भएका छन् ।
३६ वर्षीय थमन थापालाई पोखरा अस्पतालले गण्डकी अस्पतालमा रेफर गरिदियो । उनलाई उपचारमा संलग्न चिकित्सकले युवकको फोक्सो विग्रिएको छ, धेरै दिन बाँच्दैनन् भनेको भन्दै आफन्त रिसाएका हुन् । अस्पतालका डाक्टरले नै विरामीलाई अब सिकिस्त छन् भनेर भनिदिएपछि थप समस्या आएको भन्दै विरामीको दिदीले बताइन् ।
दिदीले भनिन्, विरामीलाई देख्ने गरी फोक्सोको एक्सरे देखाउँदै यसले काम गरेको छैन । फोक्सोको मात्रा सबै खराब छ जतिवेला पनि जे पनि हुनसक्छ विरामीले सुन्नेगरी यस्तो भनेपछि विरामी थप आत्तिए । उनले आफुलाई एउटा औषधी छ तर त्यो निकै महंगो छ भनेर भनेको पनि दिदीले बताइन् ।
डाक्टरको यस्तो कुरा विरामीले सुनेपछि बिरामी थप हतोत्साही भएको उनीहरुको भनाई छ । हामीलाई भनेको भए राम्रो हुन्थ्यो तर सिरियस विरामीको अगाडी, उनीहरुले सुन्ने र देख्ने गरेर अवस्थाको बारेमा भन्न नहुने उनीहरुको भनाई छ । गण्डकीमा निकै आत्तिएर यो अस्पतालमा ल्याएका थियौं ।
गण्डकीमा ६५ प्रतिशत मात्र अक्सिजन थियो तर यहाँ ल्याए पछि ९५ प्रतिशत अक्सिजन लेवल देखिएको थियो । राम्रो हुँदै गएको थियो तर डाक्टरले नेगेटिभ काउन्सिलिगं गरे पछि बिरामीले अब मलाई घाटमा लैजाउ भन्न थालेको आफन्तको भनाई छ ।
अहिले हामीलाई नजिक पर्ने दिनुहुन्न बिरामीले, अब म बाँचेर काम छैन घाट लैजान भन्नुहुन्छ, राम्रो हुँदै गएको बिरामीको अहिले मनस्थिती बिग्रिएको छ विरामीको आफन्तले भने ।






