एजेन्सी । एक अमेरिकी वायुसेवाका भूतपूर्व विमान चालकले गत वर्ष उडानमा रहँदा ‘अ श्ली ल र अ भ द्र का र्य ग रे को अदालतसामु स्वीकारेका छन् । माइकल हाकले विमानकी सहचालिकाको अगाडि ककपिटमै लुगा खोलेको र ल्यापटपमा अ श्ली ल चलचित्र हेरेको अभियोजनकर्ताहरूले आरोप लगाएका थिए। साउथवेस्ट वायुसेवाको उडान जारी रहँदा ६० वर्षीय हाकले ककपिटमा थप यस्तो गरेको बताइएको छ ।
मेरिल्यान्डमा एक न्यायाधीशले हाकलाई ५,००० अमेरिकी डलर जरिबाना गर्नुका साथै एक वर्ष परीक्षणकालमा राख्न आदेश दिएका छन् । सो घटना सन् २०२० अगस्ट २० को दिन फिलाडेल्फीयादेखि ओर्ल्यान्डोसम्मको उडानमा भएको अदालतलाई बताइएको छ । विमान सुरक्षित उचाइमा पुगेपछि हाक आफ्नो कुर्सीबाट उठेको, जानाजान लुगा खोलेको र ल्यापटपमा अ ‘श्ली’ल चित्र र चलचित्र हेर्न थालेको बताइएको छ ।
“विमानकी सहचालिकाले आफ्नो काम गरिरहँदा हाक भने अझै थप अभद्र व्यवहार देखाइरहेका थिए,” सरकारी वकिलको कार्यालयले जारी गरेको विज्ञप्तिमा लेखिएको छ । उनीहरूका अनुसार हाकले उडानअघि कहिल्यै ती सहचालिकालाई भेटेका थिएनन् । अमेरिकाका सहमहकन्यायाधिवक्ता माइकल कनिङ्घमले सहचालिकाले त्यस्तो व्यवहार भोग्नु नपर्ने अधिकार रहेको बताएको एपी समाचार संस्थाले जनाएको छ ।
सो घटना हुँदा विमान मेरिल्यान्डमाथि उडिरहेकोले त्यहाँ मुद्दा चलाइएको हो । हाकले सार्वजनिक स्थलमा अश्लील र अभद्र व्यवहार देखाएको स्वीकार गरेका छन्। एउटा भिडिओमा उनले आफ्नो व्यवहारप्रति माफी माग्दै सो कार्य आफू र सहचालिकाबीच जिस्कँदा भएको र यसको यस्तो नतिजा होला भनेर कहिल्यै नसोचेको दाबी गरेका छन् ।
न्यायाधीश जे मार्क कल्सनले हाकले त्यस्तो व्यवहारले सहचालिकालाई आघात पारेको र त्यसले यात्रुहरूको सुरक्षालाई खतरामा पार्न सक्ने बताएका थिए । फ्लोरिडाका हाक २७ वर्ष सो वायुसेवामा विमान चालक रहेर गत वर्ष अगस्टमा सेवा निवृत्त भएका थिए । एक विज्ञप्तिमा वायुसेवाले त्यस्तो व्यवहारलाई नसहेको बताएको छ। एक प्रवक्ताले हाक सेवा निवृत्त भएपछि सो घटनाको जानकारी पाएको बताएका छन् । त्यसपछि हाकलाई सेवा निवृत्त भएपश्चात् प्राप्त हुने सुविधा रोकिदिएको वायुसेवाले बताएको छ ।






