काठमाडौ । हिन्द महासागरमा जहाज डुबेको छ । महासागरमा चलेको तुफानमा परी जहाज डुबेको हो । जहाज डुब्दा १३० जना बेपत्ता भएका छन् । मुम्बईभन्दा १७५ किलोमिटर टाढाको सो हिरा आयल फिल्ड्सको नजिकै फसेको भारतीय जहाज समुन्द्रमा डुबेको हो ।
सो जहाजमा २ सय ७६ जना रहेकोमा १ सय ४६ जनाको भारतीय जल सेनाले सकुशल उद्दार गरेको छ । १ सय ३० जना भने अझै हराइरहेका छन् । सोही क्षेत्रमा अर्को एउटा जहाज पनि फसेको छ । सो जहाजमा १३७ जना रहेकोमा ३८ जनाको उद्दार गरिएको छ । बाँकी ९९ जनाको अझै उद्दार हुन सकेको छैन ।
हिन्द महासागरमा जहाज डुब्दा १३० जना बेपत्ता
हिन्द महासागरमा जहाज डुब्दा १३० जना बेपत्ता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






