काठमाण्डौ । दोश्रो लहरको कोरोनाले सबैलाई त्राही त्राही बनाई रहेको बेला काठमाण्डौ बालाजु स्थित जनमैत्री अस्पतालमा एउटा यस्तो घटना घटेको छ । जुन घटनाले सबैको मनलाई छिया छिया बनाएको छ । कोरोनाले गर्दा देश लकडाउनमा बन्दि भएको बेला बिरामी बोकेर एउटा ठेला अस्पतालकै प्रांणगढमा पुग्यो ।
तर बिरामीलाई बोकेर अस्पतालको कम्पाउण्डमै पुगेको ठेला र उक्त ठेलाले बोकेको बिरामीलाई अस्पतालले भर्ना गर्नु त परको कुरा बिरामीको स्वास्थ्य अवस्था समेत सोधपुछ गरेन । र अन्तमा ठेला र बिरामी दुवैलाई फकाईयो । त्यसरी ठेलामै भएपनि अस्पतालसम्म पुग्ने अरु कोही नभएर ठेला चलाउने एक जना श्रमजीवि हुन् ।
जो बिरामी भएर ठेला चलाउन नसक्ने भएको हुनाले उनका दुई तीन जना साथीहरु मिलेर मिलेर उनै बिरामिलाई उनकै ठेलामा जसोतसो अस्पताल सम्म लगेका हुन्छन् । गेटबाट ठेला लिगेर बिरामी भित्र लैजान्छन तर अस्पतालको ढोकाबाट नै निराश भएर उनीहरु फर्कनुपर्छ । किनकी अस्पतालले भर्ना लिनै मानेको हुँदैन ।
उनलाई अस्पताल सम्म पुर्याएका उनका साथीहरुको भनाई अुनसार बिरामी ठेला चालक १ दिन अगाडि देखि नै बिरामी हुन्छन् । बिरामी साथीलाई स्लाईन लगाउँछन, केही उपचार गर्छन् तर त्यो अस्पतालले भर्ना लिन मान्दैन । त्यसपछी उनिहरु रबि लामिछानेले चलाएको कोरोना अस्पताल ‘जनमैत्री अस्पताल’ लैजान्छन ।
तर त्यहा पुगेपनि भर्ना हुन सक्दैनन । अस्पतालको ढोकैमा पुगेर फर्कन्छन । किनकी अस्पतालले भर्ना गर्न मान्दैन ।त्यसपछी कसैले पल शाह नेपालले चलाएको निशुल्क खाना अभियान ‘हाम्रो टिम नेपालमा’ फोन गर्छ । त्यसपछी एउटा सफ्टटप जिप आईपुग्छ । र ठेलाबाट जीपमा राखेर लैजान्छन् ।
पछिल्लो समयमा समाजमा मानवताको भावना हराउँदै गएको देखिन्छ । कोरोनाले मानव मनमा मानवताको भावनालाई नै मारिसकेको हामीले महसुस गर्न सक्छौं । कोरोना लागेको मानिसलाई छुन हुँदैन, नजिक जान हुँदैन, दुरी कायम गरी बस्नु पर्छ । आदि इत्यादि जस्ता नियम र यो रोगबाट बच्ने उपायले पनि हुन सकछ मान्छेले मान्छेलाई राम्रोसंग रेखदेख र उपचार समेत नगरेको पाईएको छ ।
यस्को प्रत्यक्ष असर अस्पताल र डाक्टरहरुमा पनि परेको हामीले देखेकै छौं । जुन कुराको प्रमाण हो ठेलामा उपचारकोलागी गएको बिरामीलाई अस्पतालले भर्ना गर्न नमानेको । र फर्कनु परेको । भिडियो
https://youtu.be/syDt4yYwvm8






