काठमाण्डौ । पछिल्लो समय कोरोना महामारीका कारण नेपालमा अक्सिजनको चरम अभाव भएको छ । धेरै अस्पतालहरुमा बिरामीहरु यही अक्सिजनको अभावले गर्दा मृत्युलाई वरण गरिरहेका छन् । विशेषगरी कोरोनाले फोक्सोमा समस्या ल्याउने हुनाले सास फेर्न गाह्रो हुने र कृतिम सास दिएर बिरामीको जीवन बचाउने बाध्यता चिकित्सकहरुलाई परेको छ ।
तर अस्पतालहरुमा अहिले अक्सिजनको चरम अभाव छ । हामीले जन्मेदेखि निशुल्क फेर्दै आएको अक्सिजन सिलिण्डरमा भरिएपछि त्यसको बास्तविक मुल्य थाहा हुन्छ । यस बिषयलाई हास्य कलाकार सन्दीप क्षेत्रीले बेजोड अभिनय मार्फत देखाएका छन् । उनकी श्रीमति अस्पताल भर्ना छिन् । डाक्टरले अक्सिजनको जोहो गर्न भनेको छ । अक्सिजन पाइएको छैन ।
उनी भन्छन् ‘अक्सिजन सकियो भनेको छ । साथीभाईलाई भनेको छु । खै, मेरो मात्र होइन । सबै छटपटाई रहेका छन् । आत्तिइरहेका छन् । खाली म आफू मात्रै छटपटाएको देख्छु ।’ उक्त भिडियोमा उनी थप बोल्छन् ‘मैले देखेको चीज नेताले सरकारले देखेपनि हुन्थ्यो नि । आफूले फेर्ने सासबाट अतिकति त्यसलाई दिन पाए पनि हुन्थ्यो नि त ।
त्यो पनि मिल्दैन । अक्सिजनले मान्छे चिनेको छैन ।’ उनको यो अभिनयको सर्वत्र प्रशंसा गरिएको छ । उनको यो अभिनयको सर्वत्र प्रशंसा गरिएको छ । उनको यो भिडियो कान्तिपुर टिभीको ह्वाट द फ्लप भन्ने युट्युवमा अपलोड भएको कार्यक्रममा हेर्न सकिन्छ । (भिडियोसहित)






