एजेन्सी । यो संसारमा सबैको जन्म सहज र सरल हुँदैन । कोही सामान्य रुपमा जन्मिन्छन् त कोही असामान्य भएर जन्मिन्छन् । त्यसरी असामान्य भएर जन्मनुमा उनीहरुको कुनै दो ष हुँदैन ।
तरपनि हाम्रो समाजले उनीहरुलाई सहजै स्वकीर गर्न गाह्रो मान्दछ । कोहीकोही मात्र भाग्यमानी हुन्छन् कि असामान्य भएर जन्मिंदापनि परिवार र आफन्तहरुबाट माया र केयर पाएका हुन्छन् ।
त्यस्तै माया र केयर पाउने मध्य ब्राजिलका मानिस पनि एक हुन् । जस्को टाउको खुट्टा तर्फ फर्किएको अवस्थामा जन्म भएको थियो । उनलाई डाक्टरहरुले जन्मेको २४ घण्टा पनि बाच्न सक्दैन भनेका थिए तर आज उनी ४४ वर्षका भइसकेका छन् ।
टाउको भुइँ तर्फ फर्केका यी ब्राजिलियन व्यक्तिको नाम क्लाउडियो भिएरा डी ओलीभरा हो । उनी उत्तर(पूर्वी ब्राजिल राज्य बहियामा बस्छन् । उनी जन्मजात रूपमा आर्थ्रोग्रीपोसिस मल्टिप्लेक्ससँग लडिरहेका छन् ।
यस्तो अवस्थाको कारण उनको खुट्टाको मांसपेशीहरू क्षय हुन्छ, उनको पाखुरा उसको छातीमा अड्कन्छ र उनको टाउको खुट्टातर्फ फर्किएको छ । विशेषज्ञहरूले जन्मेको २४ घण्टा पनि बाच्न सक्दैन भनेका क्लाउडियो एक प्रेरणादायक वक्ता हुन् ।
ब्राजिलका यी अदभूत मानिसलाई उनको अशक्तताले आफूलाई मनपर्ने कुरा गर्नबाट रोक्न सकेको छैन। तर कोरोना भाइरसको विश्वव्यापी महामारीको कारण भने उनको सबै रहर तत्कालका लागि भने रोकिएका छन् ।
उनले ब्राजिलियन समाचार साइट जी १ सँग कुरा गर्दै भने, “मलाई कुनै पनि प्रकारका कठिनाइहरु छैनन्, मेरो जीवन सामान्य छ । म पूर्ण रूपमा क्वारेन्टाइनमा छु किनकि यो कोभिड धेरै आक्रामक र खतरनाक छ, त्यसैले हामी डराएका छौं ।
म अरु भन्दा दोब्बर होशियार छु, मैले डेढ वर्ष देखि आफूलाई घरमै आइसोलेट गरिरहेको छु । अत्यावश्यक काम पर्दा बहेको घरबाट बाहिर निकिएको छैन ।” क्लाउडियोले एउटा कुरा सुनिश्चित गरेका छन् कि उनको शारीरिक अवस्थाले उनलाई कुनै पनि तरिकाले पछि नपारोस् ।
बरु सात वर्षको उमेरदेखि नै उनले आफ्नो जीवनको हरेक पल अर्थपूर्ण बनाएका छन् । उनले आफ्नी आमाको सहयोगमा घरमै कसरी पढ्ने र लेख्ने भनेर सिकेका थिए । उनको शारीरिक अवस्थाले धेरै चीजहरुमा समस्या हुने भएता पनि आजसम्म उनको ४४ वर्षको जीवनमा कहिल्यै पनि
हेर्न, खान, पिउन र सास फेर्न भने कुनै समस्या भएको छैन । जो व्यक्तिलाई २४ घण्टा भन्दा धेरै बाच्न सक्दैन भनिएको थियो, उसले डिभिडी लन्च गरेका छन्, एक आत्मकथा लेखेका छन् र सन् २००० देखि मोटिभेशनल स्पिकरको रूपमा विभिन्न स्पीच दिँदै आएका छन् ।
तर चलिरहेको महामारीका कारण उनले आफ्ना यस्ता कार्यहरु रोक्नु परेको छ । उनले प्रकाशनसँग बताए, “मैले मेरो कामलाई धेरै याद गरिरहेको छु । यहि अप्रिल २८ मा पर्नाम्बुको राज्यको बेजाररा नगरपालिकामा मैले एउटा स्पीच दिनु पर्नेछ ।
यदि महामारी सजिलो भयो भने हामी अगाडि बढ्नेछौं ।” उनी यो महामारी सकिए लगत्तै आफ्नो काममा फर्किन आतुर छन् । उनको तस्वीर सामाजिक सञ्जालमा पोष्ट भएसंगै अहिले सबैले उनको तस्वीरलाई र उनले गर्ने गतिविधीलाई रोचक विषयको रुपमा लिएर भाइरल बनाईरहेका छन् ।






