काठमाडौ । बिहिबार पनि अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ४० पैसा तोकिएको छ ।
एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९७ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ८४ पैसा तोकिएको छ। त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ६६ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७१ पैसा तोकिएको छ ।
एक युरोको खरिददर १ सय ३७ रुपैयाँ ३ पैसा रहेको छ भने बिक्रीदर १ सय ३७ रुपैयाँ ७४ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ४ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ १८ पैसा तोकिएको छ ।
त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ २५ पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ २९ पैसा तोकिएको छ ।






