एजेन्सी । सन्सार अचम्मको छ । सबै भन्दा अचम्म भने इन्टरनेटले बनाइदिएको छ । कुन समयमा कुन कुरा भाइरल हुन्छ पत्तै हुँदैन । यस्तै कोलम्बियन पप गायिका शाकिराको एक गीत नेपालमा हालै खुब भाइरल भै रहेको छ । उक्त गीतमा एमालेलाई भातमारा एमाओवादीलाई भालू भनिएको भन्दै भाइरल भएको हो ।
हुन त साकिरालाई नेपाल भन्ने देश कहाँ छ भन्ने पनि थाहा नहुनसक्छ । अझ नेपालको सत्तारुढ पार्टी एमाले हो, नेपालमा माओवादी पार्टी पनि छ भन्ने झन के थाहा होला ररु तर टिकटकमा भने साकिराको यो भालू र भातमारा खुब हिट भै रहेको छ ।
साकिराको सुपरहिट गीत ‘हिप्स डोन्ट लाइ’ को बम्बु भर्सनबाट शुरूआती कोरस आवाजलाई झिकिएको छ । यो भर्सन शाकिराले सन् २००६ मा जर्मनीमा भएको विश्वकप फुटबलको उद्घाटन समारोहमा गाएकी थिइन् । नेपालका टिकटक प्रयोगकर्ताले शाकिराको आवाजलाई यसरी नेपालीकरण गरेका छन् ।
ओ ओ ओ ओ, एमाओवादी भालु हो, आलु लेलो आलु लेलो, एमाले भातमा’रा हो‘।। भनिएको यसको अन्तिम लाइन ‘एमाले भातमा’रा हो’ टिकटकमा अत्यधिक चर्चित बनेको छ । कतिले कांग्रेसले शाकिरालाई घुस ख्वाएर एमालेविरुद्ध गीत गाउन लगाएको बताएका छन् त कतिले एमालेले साकिरालाई कारबाही गर्न सक्ने भन्दै मजाक गरेका छन् ।
हुन पनि झट्ट सुन्दा ‘एमाले भातमा’रा हो’ भने झैं सुनिन्छ । गीतको लिरिकल भिडियोमा भने यी शब्दहरुलाई अंग्रेजीमा यसरी प्रस्तुत गरिएको छः बम्बूउउउ‘।।, तेम्बालेउओलुवालुइइइ‘, अनुवाली,,,,,,ले,,,,,,,बालु,,,,,,,, भानेभान्दालाउउउ,,,,,,,,,भिडियो हेर्नुहोस्






