एजेन्सी । अमेरिकी अभिनेत्री तथा गायिका जेनिफर लोपेजको ब्रेकपको विषयले सामाजिक सञ्जाल ततायो । उनले दुई वर्षसम्मको आफ्नो प्रेम सम्बन्धलाई टुंग्याएपछि उक्त खबरले सामाजिक सञ्जाल तताएको हो ।
जेनिफर निकै नै चर्चित र कला क्षेत्रमा अ ब्ब ल कलाकारको रुपमा चिनिन्छिन् । उनै जेनिफरले बेसबल खेलाडी एलेक्स रोड्रिग्वेजसँगको दुई वर्ष अफेयरलाई उनले अन्त्य गरेकी हुन् । बलिउड लाइफमा प्रकाशित समाचार अनुसार यो जोडी सन् २०१७ देखि डेटिङमा थिए ।
एलेक्सले जेनिफरलाई सन् २०१९ मा विवाह गर्न प्रस्ताव गरेका थिए । तर कोभिड महामारीका कारण एलेक्सको योजना पुरा हुन सकेन । यो जोडीले दुई हप्ता अघि अलग्गिने निर्णय लिएका हुन् । यिनीहरुको ब्रे कपको समाचार बाहीरिएपछि सोशल मिडियो युजरस्ले धेरै थरीका टिप्पणी गरेका छन् ।
विगत केही समय यता यो जोडीलाई सार्वजनिक कार्यक्रम नदेखिने गरेको सञ्चारमाध्यमले आफ्नो समाचारमा उल्लेख गरेका छन् । जेनिफरको नाम यसअघि क्रिस जड, मार्क एन्थोनी र बेन एफ्लेकसँग जोडिइसकेको छ । विवाहमा विश्वास राख्ने जेनिफरले एन्थोनीबाट दुई सन्तान म्याक्स र एमीलाई जन्म दिइसकेकी छन् ।






