जेन्सी । म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीमाथि अवैध रुपमा रकम लिएको आरोप लगाएको छ । म्यानमारको सेनाले नेतृ सुकीमाथि ६ लाख अमेरिकी डलर बराबरको रकम र सुन अवैध रुपमा लिएको आरोप लगाएको बीबीसीले जनाएको छ ।
फेब्रुअरी १ मा सेनाले आफ्नो हातमा सत्ता लिएपछि सुकीमाथि सबैभन्दा ठूलो आरोप लगाए पनि यो विषयमा कुनै पनि प्रमाण भने दिएको छैन । सेनाले म्यानमारमा ‘कू’ गर्दा सुकीलाई हिरासतमा लिएको थियो । त्यसयता सुकीलाई कहाँ राखिएको छ भन्नेबारे खुलाइएको छैन ।
सेनाले ‘कू’ गरेदेखियता म्यानमारमा निरन्तर आन्दोलन चलिरहेको छ । हिजो र आज भएका प्रदर्शनमा सेनाले गोली चलाउँदा थप सात जनाको ज्यान गएको छ । सुरक्षाकर्मीको गो ली लागेर मियाइङ सहरमा ६ जनाको र यान्गोनको नर्थ डागोन जिल्लामा एक प्रदर्शनकारीको ज्या न गएको हो ।
प्रजातन्त्र पुनर्बहालीको माग गर्दै म्यानमारमा भइरहेको सेनाविरुद्धको प्रदर्शनमा अहिलेसम्म ६० जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।






