एजेन्सी । इन्डो–क्यानेडियन पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सनी लियोनी फिल्म भन्दा बढी निजी जीवनका कारण चर्चामा आइरहन्छिन् । उनको जीवनको अधिकांश समय विवादमै गुज्रिएको छ । सनी जति विवादमा तानिए पनि उनी ती विवादको डटेर सामना गरिरहन्छिन् ।
उनले भारतीय टेलिभिजनको चर्चित र विवादित रियालिटी शो ‘बिग बोस ५’बाट बलिउडमा पाइला चालेकी थिइन् । यो शोमा रहिरहँदा उनलाई अभिनेत्री, निर्माता तथा निर्देशक पुजा भट्टले फिल्म ‘जिस्म २’मा अनुबन्ध गराएकी थिइन् । सनीका लागि यो फिल्म ‘डेब्यू’ थियो । फिल्ममा उनले अभिनेता रणदीप हुड्डा र अरुणोदय सिंहसँग कैयौं बोल्ड र रोमान्टिक दृश्य दिएकी थिइन् ।

सनीले दुवै अभिनेतासँग बोल्ड दृश्य दिनका लागि एउटा अनौठो शर्त राखेकी थिइन्, जुन शर्त सुन्दा फिल्म युनिटका अन्य सदस्य चकित परेका थिए ।कोईमोईमा प्रकाशित समाचारअनुसार सनीले बोल्ड दृश्य दिनका लागि रणदीप र अरुणोदयसँग एचआईभी परीक्षणको मेडिकल रिपोर्ट मागेकी थिइन् । उनले दुवै अभिनेताले रिपोर्ट देखाएमा मात्र आफू बोल्ड र रोमान्टिक दृश्य दिन तयार रहने बताएकी थिइन् ।
उनले आफ्नो शर्त बलिउडका चर्चित कलाकारलाई भने लागु नहुने जनाएकी थिइन् । सनी निकट स्रोतका अनुसार ‘सनीले नयाँ कलाकारका लागि मात्र यो शर्त राखेकी थिइन् । उनले लामो समयसम्म आफूले सम्झौता गरेका प्रोजेक्टमा काम गर्नु अघि सबैलाई एचआईभी परीक्षण रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने शर्त राखेकी थिइन् ।’






