प्रचण्डले सहयोग माग्दा जसपाको जवाफ,‘के हामी सबैलाई सहयोग गर्न मात्रै जन्मिएका हौं ?’ (भिडियोसहित)
काठमाडौ । अब नयाँ सत्ता समिकरणका लागि होस् वा सरकारमा रहेको राजनीतिक दललाई होस् विकसित राजनीतिक घटना क्रमले अब अन्य दलको सहयोग आवश्यक रहेको छ । सर्वोच्च अदालतले नेकपा ऋषि कट्टेललाई दिएर ओली र प्रचण्डलाई आफ्नो पार्टीमा फर्कन आदेश दिएपछि नयाँ राजनीतिक घटनाक्रम विस्तार भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष नयाँ सत्ता समिकरणका लागि सहयोग माग्दै नेपाली कांग्रेस र जनता समाजवादी पार्टी बीच पुगेका छन् । प्रचण्डसंगको बैठक पछि सो पार्टीका नेता राजेन्द्र महतोले नेकपा (माओबादी केन्द्र) सँग सत्ता समीकरणका लागि आफ्ना माग पूरा हुर्नुपर्ने अडान राखेको छ । फ्नो पार्टी जहिले पनि सहयोगी मात्र बनेको भन्दै सबै दलले आफुहरुलाई झुक्याएको बताए ।
वैठक पछि पत्रकारसंग कुरा गर्दै ठाकुरले भने, के हामी संधै सहयोग मात्र गर्ने हो ? केपी ओलीले पनि झुक्याए । अब हाताहाती हुनुपर्छ ।सांसद रेशम चौधरीको रिहाइ, मधेस र थरुहटको आन्दोलनका क्रममा लागेका नेता कार्यकर्ताका मुद्दा खारेजी र संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएमात्र नयाँ सत्ता समीकरणका लागि तयार हुने जसपाले बताएको छ ।
अहिले नै सरकारको नेतृत्व गर्ने हैसियत आफ्नो पार्टीको नभएको भन्दै उनले जनताले त्यो अवसर दिए मात्र पछि नहट्ने बताए । बुधबार दिउँसो माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा आफूहरुले यस्तै अडान राखेको उनले बताएका छन् ।
प्रचण्ड भेट्न जसपाका तर्फबाट केन्द्रीय अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता महतो पेरिसडाँडा पुगेका थिए । बुधबार माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दुई पार्टीबीच भएको पछिल्लो राजनीतिक अवस्थाबारेको छलफलमा प्रचण्डले जसपाको सहयोग मागे पछि उनले यस्तो प्रतिकृया गरेका दिएका हुन् ।
महतोले हामी सधै अरूलाई मात्रै सहयोग गर्न जन्मिएका हौ र भन्दै व्यङ्ग्य गरेका थिए । छलफलपछि बाहिरिएका नेता महतोले पत्रकारहरुसंग कुरा गर्दै भने,‘प्रचण्डजीले हामीलाई सहयोग गर्नुपर्यो भन्नुभयो। हामीले हामी सधै अरूलाई मात्रै सहयोग गरिरहने, हाम्रा मुद्दा र माग चै कसैले पुरा नगर्ने के हामी सहयोग गर्नका लागि मात्रै जन्मिएका हौर भनेर जवाफ दियौं ।’
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरिदिएपछि नयाँ सत्ता समिकरणको प्रयास अगाडि बढेका छन् । आजै संसद भवनमा जसपाका नेताहरूले रेशम चौधरीलगायत मधेस आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र संविधान संशोधनको मुद्दालाई केन्द्रमा राखेर सबै पार्टीसँग छलफल गर्ने बताएका थिए ।






