एजेन्सी । अमेरिकामा एक नेपाली उबर चालक माथि तीन जना महिला यात्रुले गरेको अभद्र ब्यवहार सामाजिक सञ्जालमा भाइरल भएको छ । नेपाली चालकले माक्स लगाउन अनुरोध गर्दा ति महिला यात्रुले अभद्र ब्यवहार गरेका हुन् ।
गत आइतबार ३२ वर्षीय शुभाकर खड्कामाथि भएको अभद्र ब्यवहारको सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएको छ । तीन जना चालक मध्य एक जना महिलाले माक्स नलगाएपछि उनले माक्स लगाउन अनुरोध गरेको अमेरिकाको न्युज संस्थालाई बताएका छन् । माक्स लगाए मात्र सेवा दिने भन्दै गाडी रोकेपछि ति महिला शोभाखर माथि जाइलागेको भिडियोमा देख्न सकिन्छ ।
सुरुमा माक्स नलगाए पनि वाटोमा किनेर लगाउलिन् भनेर आफुले माक्स बेच्ने पसल देखेपछि गाडी रोक्दा उनी माथि अभद्र ब्यवहार भएको हो । उनीहरुले शुभाकरमाथि खोकेको र अभद्र ब्यवहार गरेको प्रष्ट देखिन्छ । गाडीवाट झरेपछि पनि ति महिलाहरुले खुर्सानीको धुलोवाला स्प्रे छर्केको बताएका छन।
कारमा रहेको क्यामराबाट खिचिएको दृश्यमा एक महिला यात्रुले उनीमाथि खोकेको, उनको मोबाइल खोस्न खोजेको, मास्क चुँडालिदिएको देखिन्छ । महिलाहरु कराइरहँदा उनी चुपचाप बसिरहेको देखिन्छ । एक जना महिलाले मोवाइल खोस्न लागेपछि उनले आफ्नो सम्पत्तीमा हात नलगाउन भनेका छन् ।
शुभाकर आठ वर्षअघि नेपालबाट अमेरिका पुगेका हुन् । त्यहाँको कमाईले उनले नेपालमा रहेको आफ्नो परिवारको जोहो गर्ने गर्छन। स्थानीय प्रहरीका अनुसार ती महिलाहरु अझैपनि फरार छन् । शुभककरको सहयोगका लागि भने गोफन्डमीमा सहयोग अभियान सुरु भएको छ । भिडियो






