काठमाण्डौ । यसो त नेपाली बजारमा दिनहुँ जसो थुप्रै नयाँ गीतहरू निस्कन्छन् । तर सार्वजनिक हुनु पूर्व नै यति चर्चा मा रहने गीतहरु भने विरलै हुन्छन् त्यही विरलै गीतहरू मध्यको एउटा गीत हो “फिक्का चिया” यो गीतको यती चर्चा हुनुको कारण यो गीतमा गरिएको उत्कृष्ट लगानी हो । गीतमा झन्डै सात लाख खर्च गरिएको बताइएको छ ।
गीतमा समाजसेवि तथा सर्जक राजन क्षत्रीको सब्द सिर्जना रहेको छ, प्रेमका तरंगित भाबहरु गासिएको उक्त गीतको भिडियोमा यति धेरै लगानी गरिएको सर्जक राजन बताउँछन् । हाल अमेरिकालाई कर्म थलो बनाउदै आएका क्षत्रीले यो भन्दा अगाडि “काचको कचौरा” बोलको गित सिर्जना गरेका थिए र उक्त गित अत्याधिक रुचाईएको पनि थियो ।
चर्चित अन्लाईन पत्रिका (नेपालखबरका सस्थापक) अध्यक्ष समेत रहेका क्षत्री एक समाजसेवि पनि हुन् । त्यस्तै गीतमा लोकप्रिय संगितकार यवम सुमधुर आवाज भएका खेम पुनको संगित रहेको छ । दर्जनौ हिट गीतहरूमा संगित भरिसकेका पुन पनि हाल अमेरिकामा बसोबास गर्दै आईरहेका छन् ।
पछिल्लो समयका निकै व्यस्त गायक तथा संगितकार खेम सेन्चुरी र चर्चित गायिका भुमिका गिरीले यो गीतमा आफ्नो सुमधुर आवाज दिएका छन् भने गायक खेमले आफूले गाएका मध्य यो गीत केहि फरक र नयांपन रहेको भन्दै गीतको चर्चा समेत गरेका छन् भने हामी सँगको कुराकानीका क्रममा यो गीत सार्बजनिक गर्न आत्तुर भएको गायिका भुमिका गिरिले बताएकि छिन् ।
गीतको को भिडियोमा नेपालि चलचित्र जगतका चक्लेटि नायक पल शाह र हास्य टेलिशृंखला द्वारा अभिनयमा पाईला चालेकि होनहार नायिका रियाशा दाहाल अभिनय रहेको छ भने भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका छन् । भिडियोसहित






