काठमाडौ । केही दिन अघि विवाह गरेकी चर्चित गायिका अञ्जु पन्तको विवाह पछिको भिडियो सार्वजनिक भएको छ । उनी वैवाहिक जिवन खुसीसाथ रमाइरहेकी छन् भन्ने प्रमाण उनका भिडियोले देखाउँछ । टिकटकमा उनी श्रीमानसंग खुसी साटेको देख्न सकिन्छ ।
हालै उनको एउटा भिडियो सार्वजनिक भएको छ जसमा श्रीमान थीर कोइरालासंग उनी संगै भाँडा माझिरहेकी छन् । उनले क्रिश्चियन परम्परा अनुसार विवाह गरेकी हुन् । एक वर्ष देखिको प्रेमलाई विवाहमा परिणत गरे पछि उनीहरुको संगैका तस्बिर र भिडियो सार्वजनिक भएका छन् ।
उनका प्रेमी थिर कोइरालासंग दोस्रो बिहे गरेकी छन् । थिरको पनि दोस्रो विवाह हो । अञ्जुले आफ्नो विवाहको भिडिओ सार्वजनिक गरेकी छन् । केही दिनअघि थिर कोइरालासँग पाटनको एक चर्चमा उनले क्रिश्चियन परम्पराबमोजिम विवाह गरेकी थिइन् ।
अञ्जुले आफ्नो अफिसियल युट्युबमार्फत त्यसको भिडिओ सार्वजनिक गरेकी हुन् । गायिका पन्तले इलाम घर भएका कोइरालासँग गत बुधबार दुवै पक्षका परिवारका सदस्य र नजिकका सीमित आफन्तबीच पाटनस्थित चर्चमा विवाह गरेकी हुन् ।
गायिका पन्तले गायक तथा संगीतकार मनोजराजसँग एक दसकअघि सम्बन्ध विच्छेद गरेकी थिइन् । उनीहरूकी एक छोरी छन्, परितोषिका पन्त । उनी पनि मोडलिङ क्षेत्रमै प्रवेश गरिसकेकी छन् । छोरीकै विशेष आग्रहमा गायिका पन्तले दोस्रो बिहे गरेको बताइएको छ ।
एक वर्ष अघिदेखि प्रेम सम्बन्धमा रहेका अञ्जु र थिरबीच पहिलो भेट करिब ६ वर्षअघि भएको थियो । जतिबेला थिर नेपाल टेलिभिजनमा सर्वाङ्गीण संवाद’ कार्यक्रम चलाउँथे । त्यही कार्यक्रममा अञ्जु अतिथि बनेर जाँदा दुई जनाबीच चिनजान भएको थियो । भिडियो






