काठमाडौ । कलाकार संगम भण्डारी स्वर्गीय श्रीकृष्ण श्रेष्ठलाई धेरै पहिलादेखि नै चिन्ने कलाकार मध्यकी एक हुन् । संगम र श्वेता एउटै गाउँका हुन् । तर संगमले श्वेतालाई त्यती राम्रोसंग चिन्थिनन् । श्वेता र आफु दुवै काभ्रेको भएको बताएकी छन् । बेल्जियमको इन्टरनेशनल काभ्रेली समाजको प्रतिनिधि भएको नाताले उहाँवाट ५ लाख रुपैया पठाएको बताएकी छन् । श्वेताले त्यो कुरा अहिले सम्म बताएको छैन ।
काभ्रेकी चेलीको रुपमा आफुहरुले सम्मान दिँदा पनि त्यसको सम्मान नगरेको आरोप लगाएकी छन् । माझी बस्ती बनाउनु निकै हिम्मतीलो काम भएको पनि संगमको भनाई छ । माझी बस्तीको नाममा केही पैसा खाएको छैन भन्नु आफुलाई अपाच्य भएको बताइन् । उनले माझी बस्तीको नाममा विदेशमा गएर पैसा उठाउने, पाएको सम्मान माझी वस्तीवाटै पाएको हुँदा त्यसको पनि मुल्याकंन गर्नु पर्ने बताइन् ।
निकै पुरानो कलाकार संगमका केही गुनासाहरु छन् । उनी चरित्र अभिनेत्री हुन् । उनलाई कलाकारका रुपमा छुची सासुका रुपमा चिनिन्छ । उनी म्युजिक भिडियो, डकुमेन्ट्री र फिल्ममा अभिनय गर्थिन । साथै उनी कमेडीमा पनि उत्तीकै राम्रो भूमिका खेल्छिन् । उनले श्रीकृष्ण श्रेष्ठसंगै काम गर्न नपाएको भएपनि उनलाई निकै नजिकवाट चिनेको बताएकी छन् ।
उनले डान्स सिकेर रोयल नेपाल एकेडेमीमा काम गर्न थाल्नु भन्दा पहिले देखि नै उनले श्रीकृष्णलाई चिनेको बताइन् । उनी निकै संघर्षशिल पुरुष भएको बताइन् । दुख गरेर आएको ब्यक्ति हो श्रीकृष्ण श्रेष्ठ उनी भन्छिन् । उनले संगम टेलिफिल्म धेरै खेल्ने तर ठूलो फिल्ममा कम खेलेको भएर श्रीकृष्णसंग फिल्म गर्न नपाएको बताइन् । उनी श्रीकृष्णको आर्थिक हैसियत निकै राम्रो भएपनि कलाकारीतालाई माथि उठाउन यता आएको बताइन् । भिडियोसहित






