काठमाडौ । पुजा र आकाश भन्ने बित्तिकै नेपाली फिल्म इन्डस्ट्रिमा एउटा मायालु जोडीको रुपमा चिनिन्छ । यो रिल लाईफको जोडी रियल लाईफमै भई दिएको उनका फ्यानहरुको मात्र नभएर नेपाली फिल्म इन्डस्टिमै धेरैको चाहाना रहेको पनि पाईन्छ । यिनीहरु एकअर्काकोलागी निकै सुहाउँदो पनि छन् ।
जब आकाश र पुजासंगै एकै ठाउँमा देखिन्छन् तब यस्तो लाग्छ मानौं यिनीहरुको जोडी माथिबाटै बनेर आएको छ । पुजा र आकाशले आफुको केवल साथीको मात्र सम्बन्ध हो भनेपनि उनीहरुको एकअर्कालाई गर्ने केयर भने साथीभन्दा माथिको देखिन्छ ।
उनीहरुबीच माया छ भन्ने कुरा त उनीहरुले एकअर्कालाई केयर, माया, देखाउने घुर्कि आदि इत्यादिबाट देख्ने, सुन्ने र बुझ्ने सबैलाई थाहा भएकै कुरा हो ।
तर आकाश र पुजा दुवैले आफुहरु केवल एउटा राम्रो साथी भएको बताउँदै आईरहेका छन् । उनीहरुले आफबीच भएको प्रेमको सम्बन्धलाई स्वीकार गरेका छैनन् ।
यस्तोमा उनीहरु मध्ये कुनै एकले मायालाई स्वीकार गरिदिए हुन्थ्यो भन्ने आकाश पुजाका फ्यानहरुकालागी एउटा खुशीको कुरा बाहीरिएको छ । रियल लाईफमा पुजा आकाशकी ‘प्राण पियारी’ हो भन्ने कुरा सार्वजनिक नभएतापनि रिल लाईफमा भने पुजा आकाशकै ‘प्राण पियारी’ भएकी छन् ।
आकाश श्रेष्ठ र पुजा शर्मा फिचर्ड ‘प्राण पियारी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा मेलिना राई र नरेन्द्रवल्लभ पन्थको स्वर, डिपी खनालको शब्द, शंकर थापा स्माइलको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन छ ।
भिडियोमा उत्सव दाहालको छांयांकन, विकास दाहालको सम्पादन र प्रमोद के भण्डारीको कोरियोग्राफी छ । जया शर्मा क्रियटिभ निर्देशक रहेको भिडियोमा सुब्रतराज आचार्यको निर्देशन छ । भिडियो डश म्युजिक नेपालको यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियोसहित






