काठमाडौ । आगामी चैत्र २७ बाट प्रदर्शनमा आउने फिल्म ‘कृष्ण–लीला’ को दोश्रो गीत ‘डियर बन्न मन छ मलाई’ सार्वजनिक गरिएको छ । निशान भट्टराई र समीक्षा अधिकारीको स्वरमा रहेको गीतमा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ र नवीन रेग्मी लगायतको अभिनय रहेको छ ।
नारायणप्रसाद बास्तोलाको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । दीपक ओली निर्देशित फिल्मको यसअघि ‘कुनै दिन यस्तो पनि’ बोलको प्रेमिल गीत सार्वजनिक भएको थियो । गीतले एघार लाख बढी भ्यू पाइसकेको छ ।
रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको सम्पूर्ण छायाँकन पूर्वी नेपालको इलाम, झापा र पाँचथरका बिभिन्न रमणीय स्थानमा गरिएको हो । नयाँ वर्ष ०७८ को अवसर पारेर प्रदर्शन गर्न लागिएको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् ।
लक्ष्मण सुवेदीको लेखन रहेको फिल्म शिव ढकाल र बाबु श्रेष्ठले खिचेका हुन् भने श्री श्रेष्ठको द्धन्द्ध निर्देशन छ । प्रकाश कार्की र केबल तामाङ निर्माता रहेको फिल्मको सह निर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् । भिडियो






