काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको भन्दै सरकारसंगको विप्लवको वार्ता ‘सेफ ल्यान्डिङ’ भएको बताएका छन् । सरकार र विप्लवबीचको भएको ३ बुँदे सहमति सहितको हसताक्षर समारोह कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विप्लवसंगको वार्तालाई ‘सेफ ल्यान्डिङ’ भएको बताएका हुन् ।
सञ्चारमाध्यममा रातारात विप्लव समूहसँग वार्ता गरेर सहमति भएको समाचार आएको भन्दै प्रधानमन्त्रीले त्यसो नभएर लामो छलफलपछि अहिलेको सहमतिमा आइपुगेको उनको भनाइ छ ।
उनले भने, ‘हामीले नगर बजाएर वार्ता गरेनौं । वार्ता वाताए झैं गर्यौं । जस्तो वार्ता हुन्छ त्यसैगरी गम्भीरताका साथ वार्ता गर्यौं ।’ उनले विप्लव र आफूबीच झण्डै १० वर्षदेखि नै विश्वासको वातावरण रहेको र त्यसैको जगमा अहिलेको सहमति भएको बताए ।
ओलीले भने,‘विप्लप जीसंगको आजको वार्ता हतारोमा प्रयासरत भएर सफल भएको वार्ता हैन । यो त उहाँको मप्रति र मेरो वहाँप्रति भएको विश्वासको कारणले भएको हो ।’ प्रधानमन्त्री ओली र विप्लव दुवैले वार्ताकोलागी गरिएको ३ बुँदे सहमती पत्रमा हस्ताक्षर पनि गरेका छन् । भिडियो






