काठमाण्डौ । पछिल्लो समयमा माझी बस्तीकै कारण निकै नै विबादमा तानिएकी कलाकार श्वेता खड्काको बारेमा धेरैले आफ्नो विचार व्यक्त गरि रहेका छन् । त्यसै क्रममा बरिष्ठ कलाकार लक्ष्मी गिरीले श्वेता खड्का बिवादको बारेमा मुख खोलेकी छिन् । उनले श्रीकृष्ण र श्वेताको सम्बन्धको विषयमा पनि धेरै कुरा बताएकी छन् । जुन आजसम्म कसैले पनि बताएका थिएनन् । कलाकार गिरीले श्रृकृष्ण सुटिँगको सेटमै बिरामी हुन्थे भन्दै श्वेतालाई पछिल्लो समय लागेको आरोपका बारेमा स्पष्ट अभिव्यक्ति दिएकी छन् ।
उनले श्वेतालाई लगाईएको आरोपको बारेमा ज जस्ले आरोप लगाएका छन् उनीहरुलाई आरोप लगाउने मात्र नभई प्रमाण पेस गर्न सुझाव दिएकी छन् । उनले भनेकी छन्,‘कसैले पनि बिथ्यामा बोल्नु राम्रो होईन । बोल्ने नै हो भने प्रमाण पुर्याएर बोल्नु पदर्छ । कसैले पनि अगाडी बढी रेहेको मान्छेको खुट्टा तान्ने काम गर्नु कदापि राम्रो होइन । अरुको खुट्टा तानिरहंदा आफ्नो पनि खुट्टा अरुले नै तान्छन् भन्ने कुराको ख्याल राख्नु पर्दछ ।’ कलाकार गिरीले सबैमा सकारात्मक सोंचको विकास हुन आवश्यक छ भन्दै सकारात्मक सोंचले मानिसलाई सदाबाहार बनाउने पनि बताईन् ।
कलाकार गिरी नेपाली, भोजपुरी, मैथली र नेपाल भाषाका चलचित्रहरूमा चरित्र अभिनेत्री हुने पहिलो महिला कलाकार पनि हुन् । उनको जन्म २०११ माघ ६ मा काठमाडौंको पशुपति क्षेत्र, देवपत्तन मा भएको थियो । उनको बुवाको नाम मुक्तिनाथ पौडेल र माताको नाम उजेली अधिकारी हो । उनी एक्लो सन्तान हो । लक्ष्मीले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेकी छिन् ।
उनलाई ३ सय ७२ वटा टेलिश्रृंखलामा देखिसकिएको छ । मदनकृष्ण र हरिवंशको नाटक विज्ञापन को कूल ३ सय ८९ प्रदर्शनमा उनले २ सय ८९ पटक अभिनय गरेकी छिन् । ‘विज्ञापन’ नाटककै प्रदर्शन र अन्य कार्यक्रमसहित उनले अमेरिकाका ३५ राज्य, बेलायतका ३ राज्य, हङकङका धेरै भाग, भारत आदि देश देख्ने मौका पाएकी छिन् । उनले अन्य कलाकारका बारेमा बोलेका कुरा यस भिडियोमा हेर्न सकिन्छ ।






